logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शारीरिक रूपमा अशक्त थुप्रै प्रतिभा बोकेर ध्वज मगर जन आकाश मिडियामा


  • जन आकाश
  • बुधबार, मंसिर २० २०८०

काठमाडौं – जन आकाश मिडिया प्रा.लीले निर्माण गरेको प्रतिभाको लागि सम्मान र नव प्रतिभाको लागि स्थान दिने गरी स्थापना गरिएको सङ्गीत खबर कार्यक्रम अहिले दर्शक श्रोता माझ निकै लोकप्रिय बन्दै आएको छ । अहिले यो कार्यक्रम नव प्रतिभा र नयाँ कलकार मात्र नभएर गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रमा लामो समय बिताइसकेका राष्ट्रलाई योगदान पु¥याएका कलाकार पनि सङ्गीत खबर कार्यक्रममा जोडिन चाहन्छन् । त्यस्तै शारीरिक रूपमा अशक्त थुप्रै प्रतिभा भएका ध्वज मगरसँगको भलाकुसारीलाई हामीले यस अंकमा यसरी प्रस्तुत गरेका छौं ।



पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

यस्तै गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रमा व्यस्त छु कहिले टेलि सिरियल कहिले गीत सङ्गीत यस्तैमा व्यस्त छु ।

भखरै मात्र नेपाल सरकारले टिकटक प्रतिबन्ध लगाएको छ । तपाई पनि धेरै लाइभ बस्नु हुन्थ्यो । सरकारको यो निर्णयलाई के भन्नु हुन्छ ?

नेपाल सरकारले टिकटक प्रतिबन्ध गरेर एकदम नराम्रो ग¥यो किनकि क्यान्सर रोग लाग्यो भन्दैमा मर्छु भनेर पहिले नै आत्महत्या गर्नु ठिक होइन दुईचार दिन बच्छु भनेर औषधि उपचार गर्नु राम्रो हो । नेपाल सरकारले हतारमा निर्णय लिएर टिकटक बन्द गरो त्यो एकदमै गलत ग¥यो । टिकटक याप्सले लुकेका प्रतिभाको प्लेटफम बन्दै आएको थियो । भने कतिको टिकटक लाइभबाट घरबार समेत चल्दै आएको थियो । कतिको व्यापार बिजनेस समेत चल्दै आएको थियो । त्यसैले नेपाल सरकारले टिकटक बन्द गरेर एकदमै गलत ग¥यो ।

तपाईको बाल्यकाल कसरी बित्यो यो गीत सङ्गीत क्षेत्रमा कसरी आउनु भयो ?

“मेरो बाल्यकाल चाहिँ अरुको भन्दा फरक तरिकाले बित्यो तपाईहरुले देख्दै थाहा पाउनुहुन्छ । म शारीरिक रूपमा अशक्त छु । मेरो जीवन कहिले पनि सोचे जस्तो हुन सकेन । नत बाल्यकालमा साथिभाइसंघ खेल्नै सक्थे नत टाढाको बाटो यात्रा गर्न नै सक्थे विभिन्न मेला मोहत्सबमा जान मन लाग्थ्यो । तर यो अशक्त जीवन देखाएर सबैलाई हसाउन चाहँदिन थिए । मेरो बाल्यकाल थोरै खुसी धेरै दुखमा बित्यो । ”

यो गीत सङ्गीत क्षेत्रमा कसरी लाग्नु भयो ?

“गाउँमा प्लसटु गरेर रोजगारीको शिलशिलामा विभिन्न जिल्लामा भौतारिदै गर्दा सपनाको सहर राजधानी काठमाडौँमा आए म पनि तपाई जस्तो प्रस्तोता भएर कार्यक्रम चलाउन चाहन्थे त्यसैले काठमाडौं आएर विभिन्न कलाकारसँग अन्तर्वार्ता लिन थाले तर राम्रो अन्तर्वार्ताले युट्युबमा अलिकता पनि भ्युज गएन ।अनि बल्ल थाहा भयो हाम्रो समाजलाई । राम्रो कुरा मन नपर्नै रहेछ भनेर त्यसपछि त्यसतै खालका उत्पट्याङ खालका भिडियो बनाउन थाले त्यसमा दर्शकहरुको धेरै नजर गयो । ” “त्यसपछि मेरो आदर्णिय गुरु रामु बिराही मल्ल ठकुरीसँग मेरो मेरो भेट भयो । उहाँको साथ सपोटले अहिले कलाकारिता क्षेत्रमा निरन्तर अगाडी बढी रहेको छु । ” उहाँको साथसपोटबाट थुप्रै गीतहरु बजारमा निकाले अबका कहिदिनमा रामू बिराहि मल्ल र मेरो आवाजमा नयाँ गीत पनि आउदै छ ।

यो अशक्त जीवन झेलिरहदा तपाईको बिचारमा जीवन के हो जस्तो लाग्छ ?

जीवन भनेको पानिको फोका हो । जन्म र मृत्युको बिचमा चलिरहेको चक्र नै जीवन हो । जन्म निश्चित छ मृत्यु निश्चित छैन । मेरो बिचारमा जन्म र मृत्युको परिक्रम नै जीवन हो जस्तो लाग्छ ।

कलाकारिता क्षेत्र र गीत सङ्गीत क्षेत्रमा लागि रहँदा तपाईलाइ्र्र कसैले प्रेम प्रस्ताव राखेनन् ?

“राखेहोलान् कोहीले जिस्काएर राख्नु भयो होला । कसैले मन चोरेर भन्नुभयो होला । कसैले यसको सोच कस्तो रैछ भनेर भन्नु भयो होला ” । तर मेरो प्रेमिका भन्ने कोहि पनि छैनन् । म के सोच्छु भने म आफै दुखी र पीडित छु भने म जस्तो मान्छेसँग आर्काे आएर के खुसी मिल्थ्यो होला । म गन्तव्य बिना यात्रामा हिडे्को मान्छे माया प्रेमको मैलेम कुनै सोच बनाएको छैन ।

कलाकारीता क्षेत्रबाट आफ्नो रोजी रोटी चलाउन कतिको सहज छ तपाईलाई ?

सहज नै छ अहिले सम्मा पुगेकै छ । सहज भन्नाले धेरै लाभ लिन सकिएको छैन । खाना लाउन धौ धौ परेको छैन सहज नै छ भनौ ।

भोलिको दिनमा कलाकारी क्षेत्रमा कसरी अगाडी बढ्ने सोचमा हुनुहुन्छ ?

भन्छन्नी उद्देश्य बिनाको मान्छे बाँदर जस्तै हुन्छ भनेर । म पनि त्यस्तै हो मेरो कुनै उदश्य छैन । म आफूलाई थाहा छैन म काहा पुग्छु भनेर । मैले कुनै ठुला सपना देखेको छैन । भावुक हुँदै ध्वज मगर जन आकाश मिडियासँग बताउँछन् ।

शारीरिक रूपमा अशक्त थुप्रै प्रतिभाका धनी ध्वज मगरको पुरा अन्तर्वार्ता तल लिङ्कमा दिएको छ । हेर्नुस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend