logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एनएसएल २०२३ अन्तर्गत आज चितवन, बुटवल र लुम्बिनीबीच खेल हुँदै


  • जन आकाश
  • बिहिबार, मंसिर २१ २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।



दुवै टोलीका लागि यो चौथो खेल हुनेछ । यसअघि दुवैले समान एक खेल जितेका छन् । अंक तालिकामा बटम हाफमा रहेका यी दुई टोलीलाई टप हाफमा पुग्ने अवसर छ । चितवन ३ खेलबाट ४ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३ अंक रहेको बुटवल लुम्बिनी सातौं स्थानमा छ ।

दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर छ । पहिलो खेलमा पोखरा थण्डर्ससँग पराजित भएको चितवनले त्यसपछि काठमाडौं रेजर्ससँग बराबरी खेलेको थियो भने वीरगंज युनाइटेडलाई पराजित गर्दै पहिलो जित निकालेको थियो ।

सुरुवाती दुई खेलमा लगातार हार बेहोरेको बुटवल लुम्बिनीले पछिल्लो खेलमा स्पोर्टिङ इलामलाई हराएर पहिलो जित निकालेको थियो । त्यो जितबाट उत्साही बुटवल त्यस लयलाई निरन्तरता दिने योजनामा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend