logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेविसंघ हुम्ला-काठमाडौं सम्पर्क समितिद्वारा हुम्ली जनतालाई समयमै चामल उपलब्ध गराउन अपिल


  • जन आकाश
  • शुक्रबार, मंसिर २२ २०८०

देवजङ्ग शाही ।



  काठमाडौं । नेपालको ७७ वटा जिल्ला मध्य एक त्यो जिल्ला हुम्ला हो । जो अहिले सम्म राष्ट्रिय सडक संजालले छोएको छैन । जहाँ निजि कम्पनीहरुको एक बोरा चामल ३० के. जिको मुल्य ४ हजार देखी ५ हजार सम्म पर्ने गर्दछ ।

त्यस्तै अन्य समानको मुल्य पनि तेतिनै महँगो पर्दछ । हुम्ला जिल्लामा राज्यबाट सहुलियत सेवामा नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले उपलब्ध गराउने चामल र नुन हाल विभिन्न संचारमाध्यमबाट आबश्यकता अनुसार चामल ढुवानी नहुदा गोदाम रित्तिएको भन्ने समाचारहरु प्रसारण भइरहेका छन् । संचार माध्यमका अनुसार समयमा ढुवानी हुन नसकेको भन्ने जस्ता समाचार प्रकाशन भएको छ । नेपाल सरकारबाट ढुवानीको जिम्मेवारी पाएको सम्बन्धि निकाय (ठेकेदार) लाई समयमा चामल ढुवानी गर्न आग्रह गर्दछौं ।

नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई पनि खाध्यन्न  सकियो भनेर चिसो समयको घाम तापेर नबस्नु हुन अनुरोध गर्दछौं ।  चामल ढुवानीमा किन ढिलासुस्त भएको हो । यसको छानबिन गरि ठेक्का पाएको कम्पनीलाई छिटो भन्दा छिटो ढुवानी गराउन हुन अनुरोध गर्दछौं ।

अनन्त यो समस्यको जिम्मेवारी नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुनु पर्नेछ । किन भने सर्वसाधरण नगरिकको खाद्यन्न ढुवानीमा लापरबाही गर्ने कस्तो खालको ठेकेदारलाई ढुवानीको जिम्मेवारी दिनु भएको हो  प्रश्न नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई हुनेछ ।  त्यसैले खाद्यन्न ढुवानी यथाशीघ्र गरि नागरिकलाई समयमा चामल उपलब्ध गराउन हुन हार्दिक अपिल गर्दछौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend