logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

अभिनेता दयाहाङ राईको फिल्म ‘गाउँ आएको बाटो’ जेठमा रिलिज हुने


  • जन आकाश
  • शुक्रबार, मंसिर २२ २०८०

काठमाडौँ । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘गाउँ आएको बाटो’ नयाँ वर्षको जेठमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट प्रदर्शन मिति जेठ १८ मा तय भएको जनाएको छ ।



फिल्म नवीन सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङको अलावा प्रशन राई र पशुपति राईको अभिनय छ । अमोद राई र नवीन सुब्बाको निर्माणमा तयार भएको फिल्ममा महेश राई र नवीन सुब्बाको पटकथा छ । बाबु र छोराको सम्बन्धमा आउने उतारचढावको कथामा बनेको हो ।

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत सहभागी भएको यो फिल्म मेन्क्षायम पिक्चर्स र बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend