logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एसीसी यू -१९ एसिया कप नेपालले लिगको अन्तिम खेल आज भारतसँग खेल्दै


  • जन आकाश
  • मंगलबार, मंसिर २६ २०८०

काठमाडौं । एसीसी यू -१९ एसिया कपमा आज नेपालले तेस्रो खेलमा भारतसँग खेल्दैछ । नेपाल भारतबीचको खेल दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।



नेपाल पहिलो दुई खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छन् । समान २ अंक रहेको भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् ।

अंकविहिन नेपाल तालिकाको पुछारमा छ । पाकिस्तानको रनरेट १.५६३, भारतको ०.४५४, अफगानिस्तानको ०.२०३ र नेपालको माइनस २.०२४ छ । शीर्ष २ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ । नेपालले अन्तिम खेल मङ्गलवार भारतसँग खेल्दै छ । नेपाललाई सेमिफाइनल पुग्ने अंकगणितीय यात्रा कायम राख्न भारतसँगको फराकिलो जितले मात्र पुग्ने छैन ।

अन्तिम खेलमा अफगानिस्तान पाकिस्तानसँग फराकिलो अन्तरले पराजित हुनुपर्नेछ । नेपाल भारतसँग पराजित भएमा वा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेमा सोझै बाहिरिने छ । अन्तिम खेल नेपाललाई सहज हुने छैन । नेपालभन्दा भारत निकै बलियो मानिन्छ ।

पछिल्लो ५ खेलमा एक खेलमा मात्रै नेपाल विजयी भएको छ । बाँकी ४ खेलमा नेपाल भारतसँग पराजित भएको छ । सन् २०१७ मा आयोजित संस्करणमा नेपालले भारतलाई १९ रनले हराएको थियो र सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend