जन आकाश
काठमाडौं । बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म “डंकी” को नयाँ गीत सार्वजनिक गरिएको छ ।
सोमबार टि-सिरिज युट्युब च्यानलमार्फत “ओ माही” बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा शाहरूख खान र तापसी पन्नूलाई देख्न सकिन्छ । अरिजित सिंहको स्वर रहेको गीतमा इशाद कामिलको र प्रितमको संगीत छ । राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूख र तापसीसँगै विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ ।
इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ। बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend