logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

भारतविरूद्ध नेपालको खराब सुरूवात


  • जन आकाश
  • मंगलबार, मंसिर २६ २०८०

यू–१९ एसिया कप अन्तर्गत भारतसँगको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।



दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो ।

खेलमा नेपालले पाँचौ ओभरमा पहिलो विकेट गुमाएको छ । पाँचौ ओभरको दोस्रो बलमा नेपालका ओपनर दीपक बोहरालाई भारतका राज लिम्बानीले १ रनमै आउट गरे ।

नेपालले सातौं ओभरमा दोस्रो बलमा दोस्रो विकेट गुमायो । उत्तम थापा मगर शून्यमा राजबाटै बोल्ड भए । त्यतिबेला नेपालले २ विकेटको क्षतिमा १४ रन जोडेको थियो ।

समूह ‘ए’ मा रहेको भारत र नेपाल दुबैले आज समूह चरणको अन्तिम खेल खेल्दै छन् ।
यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो । उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो ।
नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो । नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २÷२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ । समूह चरणका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछ । समूह चरणमा दुई हार ब्यहोरेपनि नेपालको सेमिफाइनल सम्भावना सकिएको छैन ।

आज नेपालले भारतलाई हराएर पाकिस्तानले अफगानिस्तानलाई हरायो भने नेपाल सेमिफाइनल पुग्नेछ । अफगानिस्तान र पाकिस्तान बीचको खेल पनि अहिले भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend