logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पुर्वधारको निर्माण गर्दा समावेशीता अपनाऔ 


  • जन आकाश
  • मंगलबार, मंसिर २६ २०८०

नेपालमा पुर्वधार जस्तै सडक, विद्युत, खानेपानी,अस्पताल लगायत पूर्वधारहरुको विकास गर्दा समावेशीता, सम्मान सुविधा पुग्ने तरिकाले निर्माण गर्नुपर्दछ । जसले नेपाल देशका जुनसुकै कुनामा रहेका नागरिकमा एकरुपता सुविधा पुगोस् ।



हुनत सरकारले सधै सवै नागरिकलाई सम्मान व्यवहार भन्ने सिद्धान्त लागु गरेको छ । त्यसमाथि विकट ठाउँहरुलाई प्रथामिकतामा राखेर काम गर्ने पनि भनेको छ । तर नेपालका मुख्य शहरमा सडक र गल्ली गल्लीहरुमा पेटी उप्काएर पुनः बनाउने गरेको हामी सवैले देख्दै आएका छौ ।

उत्ता देशका कुना–कुनामा ग्रबेल सडक समेत बन्न नसकेका र ग्रबेल भएका ठाउँहरुमा समयमा सम्भार नहुदा कतिपय ठाउँमा बिरामी बोक्ने एम्बुलेन्स समेत पु¥याउन समस्या भईरहेको छ । लेखाईका एकथरी भएपनि व्यवहारमा भने अर्कोथरी काम नेपालमा हुने गरेको छ । यसरी लेख्ने, बोल्ने एकाथरी काम गर्ने अर्कोथरी मानिसहरु नै नेतृत्वमा छन् ।

तिनै मानिसहरुले फेरी सार्वजनिकस्थलमा विकासका कुरा रट्न बाकी राख्दैनन् । उनिहरुले गरेका लेखाई, बोलाई र व्यवहारमा फरक परेको कारण देशलाई विकासमा परेको असर कतिपनि महसुस गर्दैनन् । किनकी उनिहरुलाई यस्तै चलनमा रमाउने बानी परिसकेको छ ।

त्यसकारण नागरिकहरुले जागरुक भएर आवश्यक नै नभएको ठाउँमा बाटो भत्काएर रकम सक्नु भन्दा त्यही रकम बाटो नै नबनेका ठाउँमा बाटो बनाउने वा बटो बनेको तर स्तरउन्नति हुन नसकेको बाटोलाई स्तरउन्नति गरेर मानव यात्रा गर्न योग्य बनाउनु चै अत्यन्तै महत्वपूर्ण काम हो ।

यो महत्वपूर्ण काम हाम्रो नेपालमा भईराखेको छैन । दैनिक हजारौ, लाखौ मानिस हिडडुल गर्ने र सवैले देखिरहेकै ठाउँहरुमा जाहा आवश्यक भनईकन पनि पेटी भत्काएर, सडक उप्काएर भत्काउने, बनाउने गर्दै रकम सिध्याउने काम गरिरहेको देखिन्छ । यस्तो शहरमुखी विकास कार्यले शोभनिय देखिएको छैन ।

ऐन नियमहरु पनि यसका समस्या रहेको पनि बताईन्छ । त्यस्ता नियम ऐनमा समस्या हुन भने पनि सम्बन्धित निकायले यस्ता नमिल्दा अशोभनिय देखिने खालका विकासका नियम कानुन, ऐन संशोधन गरेर भएपनि विकास हुन नसकेका ठाउमा विकास गरेर कुना कुनामा बसेका नागरिकहरुलाई पनि सुविधा दिन थाल्नुपर्छ भने शहरमा भएका यस्ता भद्धा खालका विकास होइन छरितो जसले उत्पादन गरी विदेश निर्यात गर्ने वा स्वदेशमा आवश्यक पर्ने सामान बस्तु उत्पादन गरेर हजारौ शहरवासी वा अन्य ठाउँवाट आएका मानिसहरुलाई रोजगार दिनसक्ने तरिकाको विकास गर्न थाल्नुपर्छ ।

यस्ता नयाँ तरिकाहरु अपनाएर विकासका कामहरु थाल्यौ भने नेपालको विकास समावेशी हुनसक्छ । शव्द समावेशी, समानता भनेर बोलेर हुदैन । व्यवहारमा उतार्न सक्ने हुनुपर्छ ।यस्ता तरिकाहरु अपनाउदा उत्तम हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend