logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

छैटौं संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौंमा हुने


  • जन आकाश
  • बुधबार, मंसिर २७ २०८०

काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौंमा हुने भएको छ ।



नेपाल क्रिकेट संघ क्यानले सोमबार रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्राचार गर्दै प्रधानमन्त्री कपको ८ देखि १० खेल भैरहवामा गर्ने क्यानले जानकारी दिएको छ । क्रिकेटलाई काठमाडौं बाहिर लैजाने योजनाले पहिलो पटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको केही खेल भैरहवामा गर्न लागिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

‘अहिले धेरै क्रिकेट प्रतियोगिताहरु काठमाडौं केन्द्रित भइरहेका छन् । म आफैंले पनि बाहिर गएर प्रतियोगिताहरु हेरेँ । अब काठमाडौं बाहिर पनि प्रतियोगिता लैजाने योजना अनुसार हेर्दा भैरहवा उपयुक्त हुने देखियो ।’ प्रतियोगिताअघि केही अन्तर्राष्ट्रिय सिरिज हुने तयारी भइरहेका कारण प्रतियोगिताको मिति भने सार्वजनिक भइसकेको छैन ।

यसको मिति पनि छिटै सार्वजनिक हुनेछ । केही अन्तर्राष्ट्रिय क्रिकेट सिरिज हुने विषयमा पनि छलफल भइरहेकोले मिति तय भएको छैन’, पारसले बताए । सम्भवत प्रतियोगिता माघको पहिलो सातादेखि हुने उनले बताएका छन् । उनले भने, ‘जनवरी तेस्रो साता (माघको पहिलो साता)  देखि गर्ने तयारी छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend