logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

पल र वर्षाको जोडीमा ‘अवतार’ फिल्म निर्माण हुँदै


  • जन आकाश
  • बुधबार, मंसिर २७ २०८०

काठमाडौँ । ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहाराले नयाँ फिल्म ‘अवतार’ निर्माण तयारीमा छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउत देखिने भएका छन् ।



निर्देशक बोहोराले फिल्मको मुख्य भूमिकामा पल र वर्षा फाइनल भएको बताए । ‘नाइँ नभन्नू ल ४’बाट एकसाथ अभिनयमा डेब्यू गरेका पल र वर्षाको फिल्ममा यो दोस्रा सहकार्य हुन लागेको हो । यसअघि फिल्म ‘२ नम्बरी’मा सहकार्य भएको थियो । दुवैले केही प्रतिशत छायांकन समेत गरेका थिए । पल बलात्कारको आरोपमा हिरासत गएपछि फिल्मका कलाकार परिवर्तन भयो ।

‘अवतार’को छायांकन वैशाखबाट गर्ने योजना निर्देशक बोहोराको छ । निर्देशक बोहोराकै लेखन रहेको फिल्ममा पल र वर्षाको अलवा विक्रम डि जोशी, सलोन बस्नेत, सुशील सिटौला र बालकलाकार एवेलिना खड्काको पनि अभिनय रहनेछ । विक्रम डि जोशी र हिरल जोशीले मिलेर फिल्म बनाउन लागेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend