जन आकाश
बिनाेद कार्की ।
काठमाडौं । जन आकाश मिडिया प्रा.लीले निर्माण गरेको प्रतिभाका लागि सम्मान नव प्रतिभाका लागि स्थान गाउँदेखि सहर सम्म कला भएका तर स्थान नपाएका व्यतिmको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले निर्माण गरिएको सङ्गीत खबर कार्यक्रम निकै लोकप्रिय बन्दै गएको छ ।
पछिल्लो समय हेर्ने हो भने स्थान नपाएका व्यतिको लागि स्थान दिने सबैको साझ थलो सङ्गीत खबर कार्यक्रम बन्दै गएको छ । यो कार्यक्रमलेहरेक हप्ताको बुधबार गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रमा लाग्न चाहेका तर प्रस्फुटन हुन नसकेका अधभुत क्षमता भएका कलाकारहरुलाई दर्शक माझ प्रस्फुटन गराउदै आएको छ ।
त्यति मात्र नभएर ती लुकेका प्रतिभाका कलालाई भिडियो नपुग्ने दुर्गम ठाउँमा पत्रिका पुग्दै आएको जन आकाश राष्ट्रिय साप्ताहिक पत्रिकामा समेत स्थान नपाएका नव प्रतिभाको प्रतिभा र अनुभवी कलाकारको अनुभवलाई संपे्रसनगर्दै सबैको हात हातमा जन आकाश पत्रिका पु¥याउने कोसिस गर्दै आएको छ ।
त्यसैगरी गीत सङ्गीत र कलाकारिता क्षेत्रमा लागेका अनुभवी पुराना कलाकारहरुसँग भलाकुसारी गरी उहाँहरूको अनुभवलाई आउने नव प्रतिभा सम्मा पु¥याउने कोसिस समेत गदै आएका छौँ ।ताकि पुराना कलाकारको अनुभवले आउने नव प्रतिभालाई अगाडि बढ्न सल्लाह, सुझाव र हौसला मिलोस् भनेर अहिले यो कार्यक्रमको अन्तर्वार्तामा गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रमा लागेका पुराना कलाकार समेत जोडिन् चाहन्छन् । तिनै कलकार हरुको भावनालाई कदर गरेर संङगीत खवर स्तम्बको स्थापना गरिएको हो । यो तिन महिनाको अवधिमा कलकार हरुले आफूले भोगेका अनुभव आउने नव प्रतिभालाई बाडन पाउँदा हामी अत्यन्तै खुसी छौँ भनि सङ्गीत खबर कार्यक्रम्मा बताउँने गरेका छन् ।
यस्तै सङ्गीत खबर कार्यक्रममा जोडिएका सुमधुर स्वरको धनि लोकदोहोरी गायक दिपेन्द« बिसिको गीत सङ्गीत क्षेत्रको जीवन कथालाई हामीले यसरी प्रस्तुत गरेका छौँ । लामो समयदेखिदोहोरीमा गीत गाउँदै आएका दिपेन्द« बिसि विगतका केही वर्षदेखि बिभिन्न्न टेलि–सिरियल र सट भिडियोमा समेत देखिदै आएकाछन । सानैदेखि गीत सङ्गीत क्षेत्रमा रुचि राखेका बिसि केही वर्ष दुबैमा बसी नेपाल आएर निरन्तर रूपमा गीत सङ्गीत क्षेत्र र दोहोरीमा लागेको बताउँछन ।
थुप्रै गीत बजारमा निकाल्न नसकेपनि दोहोरी गीतका टुक्कामा थुप्रै अनुभव लिएका दिपेन्द« बिसि पछिल्लो समय माईला, घण्टे, बाह्रमासे सिरियलमा समेत देखिन थालेकाछन्। “कलाकारिता क्षेत्र र गीत सङ्गीत क्षेत्रमालाग्दा जीवन चलाउन गारो नभएको तर अरू देशको जस्तो नेपालमा गीत सङ्गीत क्षेत्रमा खासै सेवा सुविधा नभएको गीत सङ्गीत क्षेत्रमा सरकारले चासो राख्नु पर्ने बताउँछन ।”
आफूले “जीवनमा धेरै सङ्घर्ष गरेको दिनभरि नाली खनेर हातभरी ठेला बनाएर दोहोरीमा गीत गाउन जाँदा हातका ठेला देखेर गीत गाएर माइक दिदाकेटीहरू माइक समाउन समेत अफ्ठ्यारो मानेर लिने गर्थे । मेरो त्यो हुलिया देखेर परपर सर्ने नजिक पर्न नखोज्ने कष्टकर जीवन पार गरेकोबिसिको मार्मिक कथा जन आकाशमा पोखेका छन् ।
यो गीत सङ्गीत क्षेत्र भनेको पीडादायी क्षेत्र पनि हो ।रमाईलो क्षेत्र पनि हो । खुुल्ला क्षेत्र पनि हो। यो क्षेत्रमा सङ्घर्ष गर्दा धेरै कमाइ नहुनेअरुको साथ सपोट बिना अगाडि बढ्न नसक्नेकहिले दर्शकको मनमा बस्त सकिन्छ थाहाँ नहुने एक हिसाबले योदुखको क्षेत्र पनि हो ।
यो क्षेत्रमा दुख मात्र होइन सुख अनि खुसी पनि धेरै मिल्छ । दर्शक माझ लोकप्रिय भएपछि नाम दाम दुवै हुने धेरै पीडा भएको बेला मन बुझाउन सकिने मनोरञ्जन अनि आनन्दको क्षेत्र पनि हो। अनि यो क्षेत्र खुुल्ला क्षेत्र पनि हो । नेपालका विभिन्न ठाउँ देश तथा विदेशमा जान सकिन्छ । धेरै मान्छे चिन्न सकिन्छ । मानिसहरूसँग घुलमिल हुने वानीको विकास हुन्छ ।यो क्षेत्र धेरै रमाइलोको क्षेत्र पनि हो।यो क्षेत्रमा एक चोटि चम्केपछि सधैँ अघि हो कहिले पछाडि फर्केर हेर्नु पदैन ।”
पछिल्लो समय के गर्दै हुुनुुहुुन्छ भनेर सोधियको प्रश्नमा बिसिले “छिट्टै नयाँप्रोजेक्ट गीतको तयारीमा छौँ जाडै नयाँ सिर्जना ल्याउने तयारी हुँदै छ । तर सोचे जस्तो भएको छैन । लामो समय दोहोरीमा अनुभव भएको कारणभोली गएर दोहोरी व्यवासायि बन्न सकिन्छ । ” भन्दै जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रममा गायक तथा कलाकार दिपेन्द्र बिसि बताउँछन ।
पुरा अन्तर्वार्ता हेर्न तल लिङ्के हेर्नुस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend