logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चेलिबेटी बेचबिखन सम्बन्धी हरिवंशको नयाँ गीत ‘हिड माया हिड’


  • जन आकाश
  • शुक्रबार, मंसिर २९ २०८०

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलबेटी बेचबिखनसम्बन्धी गीत ल्याएका छन् । यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिड माया हिड’ बोलको गीत ल्याएका हुन् ।



माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ‘यो चेलिबेटी बेचबिखनसम्बन्धी जनचेतना मुलक गीत हो,’ गीतबारे हरिवंशले भने, ‘चेलबेटी बेचबिखनसम्बन्धी समस्या हाम्रो देशको नियती जस्तै भइसक्यो ।

पहिले पहिले चेलिबेटीहरुलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिका लगायत अन्य मुलुकतिर पनि सरेको छ । मसाज सेन्टर या डान्सबारको काम भनेर लाने तर त्यहाँ पु¥याएपछि देह व्यापारमा लगाउने, यातना दिने लगायतका समस्या बढिरहेका छन् । त्यही कथा हामीले गीतमार्फत भन्न खोजेका हौं ।’

हरिवंश यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामुलक गीत गाइरहने बताउँछन् । ‘सर्जकका हिसाबले यस्तो विषयमा लगातार गीत गाइरहन नपरोस् भन्ने नै लाग्छ । तर देशको नियतीले बाध्य बनाइरहेकै छ,’ आचार्यले भने ।

साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरु प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओली लगायत कलाकारको अभिनय छ । गम्भिर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडियोमा कसरी गाउँ–गाउँबाट युवतीहरुलाई ललाई फकाई गरेर विदेश पु¥याइन्छ भन्ने कथा देख्न सकिन्छ ।

पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रविण भट्टले र गीतको सम्पूर्ण निर्माण व्यवस्थापन सैलेश खत्रीले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend