logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा


  • जन आकाश
  • सोमबार, पुष २ २०८०

काठमाडौं । ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो ।



यद्यपि जीतका लागि आर्सनलले ठुलो संघर्ष गर्नुपरेको थियो । पहिलो हाफमा बराबरीमा रोकिएपछि दोस्रो हाफको सुरुवातमा ग्याब्रियल जिसुसले आर्सनललाई अग्रता दिलाए । दोस्रो गोलका लागि टोली खेलको अन्त्यसम्म पर्खनुपरेको थियो ।  ८७ औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

१७ खेलपछि आर्सनलको ३९ अङ्क रहेको छ । लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेपछि यसको फाइदा आर्सनललाई पुगेको छ ।  एनफिल्डमा युनाइटेडले लिभरपुलको दबाबलाई झेल्दै खेल गोलरहित बराबरीमा अन्त्य गर्न सफल भयो ।

बराबरीपछि लिभरपुल १७ खेलबाट ३८ अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा खस्किएको छ । युनाइटेड २८ अङ्कसहित सातौँ स्थानमा छ ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend