logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ला लिगामा जिरोनाले अलाभेसलाई हराउँदै तालिकाको शीर्ष स्थान


  • जन आकाश
  • मंगलबार, पुष ३ २०८०

काठमाडौं । ला लिगामा जिरोनाले अलाभेसलाई हराउँदै तालिकाको शीर्ष स्थानमा फर्किएको छ । जिरोनाले खेलमा ३-० गोलको जित निकाल्यो। उसका लागि आर्टेम डोभबिकले दुई गोल गर्दा पोर्चु एक गोल थपे ।



यान काउटोको प्रहारलाई एलाभेसका किपर एन्टोनियो सिभेराले रोके पनि डोभबिकले हेड गर्दै जिरोनालाई अग्रता दिलाएका थिए । काउटोको क्रसमा पोर्चुले अग्रता दोब्बर बनाए । युक्रेनका स्ट्राइकर डोभबिकले सिजनको आफ्नो १० औं ला लिगा गोलमा परिणत गर्दा जिरोना ३-० गोलले अघि बढ्यो ।

१७ खेलबाट ४४ अंक जोड्दै शीर्ष स्थानमा रहेको जिरोना रियल म्याड्रिड भन्दा दुई अंक माथि छ । कहिल्यै ठूला उपाधि जित्न नसकेको क्याटलान टोली छिमेकी बार्सिलोनाभन्दा नौ अंकले अघि छ । बिहीबार रियल बेटिसलाई जित्यो भने गिरोनाले क्रिसमसमा शीर्ष स्थानमा रहनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend