logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाली बजारमा नयाँ लुब्रिकेन्ट ब्रान्ड ‘गुडइयर’


  • जन आकाश
  • मंगलबार, पुष ३ २०८०

काठमाडौं । नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा भित्रिएको छ ।  विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरु गरेको छ ।



भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रमबीच औपचारिक रुपमा शुभारम्भ भएको छ । दुई पांग्रे तथा चार पांग्रे सवारी साधन, ट्याक्टर, हेभीइक्विपमेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने सबै किसिम काल्युब तथा ग्रिजहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गुडइयर अमेरिकाको प्रतिष्ठित र पुरानो अटोमोटिभ कम्पनी हो ,जसको विश्वभर २१ देशमा ४६ उत्पादन युनिट रहेको छ । सन् २०२० देखि गुडइयरले भारतमा लुब्रिकेन्टको प्लान्ट स्थापना गरी एसियाका १६ देशमा बिक्री–वितरण गर्दै आएको छ । गुडइयरले गुणस्तर सम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी आईएसओ ९००१ः२०१५, आईएसओ १४००ः२०१५ र आईएसओ ४५००ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ ।

विशेष गरी टायर, ट्युवतथा पार्ट्स बिक्री–वितरण गर्दै आएको डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो पटक लुब्रिकेन्ट भित्र्याएको हो । ‘विश्वविख्यात प्रिमियम ब्रान्ड भएकोले गुडइयरले राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका निर्देशक बिक्रम सिंघानियाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend