logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“अधुरो संगीत” टेलि–चलचित्र दर्शक माझ लोकप्रिय बन्दै


  • जन आकाश
  • बुधबार, पुष ४ २०८०

इनिश बुढाथोकी ।



काठमाडौं ।  समाजमा रहेका समसामयिक विषय बस्तुमा आधारित कथा बस्तु रहेको “अधुरो संगीत” नामक टेली चलचित्र मंसिर २९ गते शुक्रबार शिव सागर अफिसियल युट्युब च्यानलबाट प्रशारण भएको थियो । उक्त चलचित्रले सोचे भन्दा धेरै मार्केट लिन सफल भएको छ ।

विनोद कार्कीको लेख्न /निर्देशन रहेको चलचित्रमा मुख्य पात्रको भूमिकामा गायक शिव सागर खड्का र लोकदोहोरी गायिका किरण श्रीपाली रहेको देखिन्छ । “मोतिराज खनाल, माया क्षेत्री, गोमा न्यौपाने, ईश्वर थापा, विनोद कार्की, सुजन खड्का, पबि अधिकारी, चिरण जिबी खनाल र (बाल कलाकारमा) एलिजा कार्की, पुरुसोत्म साहाकर्मी, कृष्ण गौतम” लगायत थुप्रै कलाकारको अभिनय आकर्षक रूपमा देख्न सकिन्छ ।

कलाकारिता क्षेत्रमा लामो अनुभव बोकेका राजकुमार गिरीको छायाङ्कन तथा स -ह निर्देशन रहेको टेलि–चलचित्रमा अनिल बिष्ट प्युठानिको सम्पादन रहेको छ । गीत संगीत सम्बन्धी अन्धो जीवनको कथालाई लिएर बनाइएको अधुरो संगीत टेली –चलचित्र अहिले युट्युब र फेसबुक पेजमा निकै चर्चामा आएको देखिन्छ ।

“दुई दिन दुई रातको लगातार छायाङ्कन पछि सुटिङ सकिएको चलचित्रमा सबै कलाकारले उतिकै आफ्नो भूमिका निभाएका काम सोचेभन्दा धेरै राम्रो भएको यसै चलचित्रका निर्देशक विनोद कार्की बताउँछन् ।” कार्की लामो समयदेखि कलाकारिता क्षेत्र र पत्रकारिता क्षेत्रमा समेत कलम चलाउँदै आएका छन् । लामो समय कलाकारिता क्षेत्रको अनुभवले निर्देशन गरेका “कार्की पहिलो काम नै दर्शकले धेरै मन पराइदिँदा आफू धेरै खुसी भएको र आगामी दिनमा लेख्न् /निर्देशनमा कलम चलाउन् थप ऊर्जा थपिएको बताउँछन् ।”

उक्त चलचित्र हेर्दा अन्धो जीवनको कथालाई गीत संगीत सम्बन्धी मार्मिक तरिकाले पर्धामा उतारिएको छ । यो चलचित्र हेर्दा समाजमा भएका वास्तविक घटनलाई गम्भीर तथा हाँस्य ब्याङ्ग्यात्मक तरिकाले प्रस्तुत गरिएको देखिन्छ । उक्त चलचित्र शिव सागर अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

तला लिङक दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend