जन आकाश
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज साविक विजेता काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
साविक विजेता काठमाडौंका लागि शीर्ष चारमा पुग्न यो खेल महत्वपूर्ण छ । काठमाडौं ६ खेलबाट ९ अंकसहित पाँचौ स्थानमा छ । आज वीरगञ्जलाई हराएमा काठमाडौंले दोस्रो स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्नेछन् ।
पोखरा थण्डर्स ७ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ र प्लेअफमा स्थान पक्का गरिसकेको छ । यस्तै ललितपुर सिटी एफसी र झापा एफसीको समान १० अंक छ । गोलअन्तरमा ललितपुर अघि छ । प्लेअफका बाँकी तीन स्थानका लागि मुख्य गरी धनगढी, ललितपुर, झापा र काठमाडौं ४ टिम होडमा छन् । त्यसैले अब हुने हरेक खेल महत्वपूर्ण हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend