जन आकाश
काठमाडौं । आज बिहीबार नेपाली हलमा शाहरूख खान अभिनीत फिल्म “डंकी” प्रदर्शनमा आएको छ ।
प्राय फिल्म शुक्रबार प्रदर्शन गरिन्छ । तर यो फिल्म बिहीबार नै प्रदर्शनमा आएको हो । शुक्रबार दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म सलारु प्रदर्शन हुँदैछ । राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ ।
इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ । बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend