जन आकाश
रामेछाप । रामेछापको उमाकुण्ड वाडन ७ भुजिमा भइरहेको उमाकुण्ड लिगको आज फाइनल हुदैछ।
केहिछिनमा महिला टिमको फाइनल खेल भइरहेको छ। फाइनलमा रामेछाप उमाकुन्ड गाउपालिका भुजि ७ को टिम र ओखलढुंगा खिजिदेम्बा गाउपलिका रगनिको टिम बिच प्रतिस्पर्धा भइरहेको छ।
महिला टिमको फाइनल सकिएपछि पुरुष टिम दोलखाको बिगु गाउपालिका बिगुको टिम र रामेछाप उमाकुण्ड गाउपालिका प्रीति ४ मिलनचोकको क्ल्व बिच प्रतिस्पर्धा हुनेछ।
उक्त लिगको समापन कार्यक्रमको प्रमुख उमाकुण्ड गाउपालिकाका अध्यक्ष शेर बहादुर शुनुवारले गर्नेछन। भने विशेष अतिथि सोहि पालिकाकि उपाध्यक्ष साबित्री सुनुवारको रहने आयोजकले जानकारी दिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend