जन आकाश
रामेछाप । रामेछापको गोकुलगङ्गा गाउपालिकास्तरिय रास्ट्रपति चौथो रनिङशिल रनिङशिल आजवाट ठोसेको शारदा माविमा भव्य कार्यक्रम गरि शुरु भएको छ। पालिका भित्रका ७ वटै माविहरुका विद्यार्थी, खेल शिक्षक, प्रद्यानध्यापकहरु, विविसका अध्यक्षहरु पालिकाका
जनप्रतिनिधिहरु, कर्मचारीहरु ठोसेका अभिभावक तथा आम सर्वसाधरणहरुको उपस्थितिमा भव्य कार्यक्रम भएको हो ।
कार्यक्रम शारदा माविका विविस अध्यक्ष मनिराज कार्कीको सभपतित्वमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काको प्रमुख अतिथिमा दिप प्रज्वलन गरी शुरु भएको हो । कार्यक्रमको रुपरेखा तयार गर्ने क्रममा शारदा माविको प्रगणमा बिभिन्न जातजातीका सांस्कृतिक झाकीहरु प्रस्तुत गरिएको थियो ।
पालिका भित्रका ७ वटै माविका विद्यार्थीहरुले मार्च पास गरेका थिए । उक्त मार्च पासमा उत्कृष्ट प्रथम, द्धितीय, तृतीयलाई पुरस्कृत गरिने प्रचलन विगत देखिनै रहि आएको छ । यस चौथो गोकुलगंगा राष्ट्रपति रनिङशीलको मार्च पासमा उत्कृष्ट मार्च पास गरी जट्टेश्वरी मावि डुलुमटार प्रथम भएको छ । भने बेतालीको जन जागृती मावि दोस्रो भएको छ । त्यसैगरी तेस्रो स्थानमा गेकुलगंगा मावि रसनालु तेस्रो भएको छ ।
कार्यक्रम खेलकुदको भएपनि भाषणका लागि कार्यक्रम राखिएको जस्तो देखिएको थियो बिहान १० बजे शुरु भएको कार्यक्रम दिउसो २ः३० मात्र सकिएको थियो । त्यसपछि प्रमुख अतिथि र पुर्व विविस अध्यक्ष जगत बहादुर आलेले भलिबल सर्विस गरी खेलको शुरुवात गरेका थिए । त्यसपछि आज नै भएको भलिबल खेलमा गोकुलगंगा मावि रसनालु र जन जागृती मावि बेताली बीच भएको पहिलो खेलमा बेतालीको जन जागृती माविले बिजय शुरुवात गरेको छ । हाईजम्पका खेलहरु भएकाछन् । महिला तर्फ र पुरुष दुवैमा बेतालीले स्वणर्मा कब्जाा जमाएको छ । जसमा निशा योगी जन जागृती मावि बेताली प्रथम, त्यसैगरी पुरुष तर्फ जन जागृती मावि बेतालीकै सन्दीप उर्कुटी प्रथम भएका छन् । महिला तर्फ दोस्रोमा कमला देवी नमाडीकी सुस्मा तामाङ दोस्रो, पेमछाटी शेर्पा तेस्रो भएकी छन् ।
पुरुष तर्फको दोस्रामा जित बहादुर खत्री शारदा मावि ठोसे, तेस्रोमा प्रकाश नेपाली कमला देवी मावि नमाडी रहेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend