जन आकाश
काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ ।
नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो ।
संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गरेका थिए । कार्यक्रममा नृत्याङ्गना आशिका श्रेष्ठले नेपाली शास्त्रीय चर्या कुमारी नृत्य स्वागत गरिएको थियो । प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरे । अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै उनले राज्यले गर्नुपर्ने काम गरेको र नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताए ।
संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटिएर गर्न लागेको यो अवार्ड विश्वमा नै पहिलो भएको दाबी गरे । कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन दास श्रेष्ठ, नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष शम्भु शाही, जिल्ला समन्वय सभापती सिन्धुपाल्चोकका कृष्ण गोपाल तामाङ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा एनडिए डान्स स्टुडियो र ड्रीम्स एण्ड डान्सका कलाकारहरु र गायक मदन कुमार थापाले साङ्गितिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरु नृत्य निर्देशकहरु नरेन्द्र कोइराला, राम प्यासी, दिपेन्द्र शाही ठकुरी, सञ्जय राजोपाध्याय, रमेश बुढाथोकीहरुलाइ एनडिए टिमका सचिव प्रकाश शर्मा र आर्थिक प्रमुख चुडामणी फुयालले मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रमको नोमिनेशनका लागि जुरी टिममा शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहेका थिए भने फाइनलका लागी जुरीमा भुवन दास श्रेष्ठ, कमल राई, डा.आर.सी.कोइराला, रोचक थापा, जोगेन्द्र के.सी. र प्रदिप रमण सिं डङ्गोल रहेका थिए । कार्यक्रम सञ्चारकर्मी कुल तामाङ्ले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार, कलकार,समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend