logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

हर्क साम्पाङको अभियानमा कलाकारको आर्थिक सहयोग


  • जन आकाश
  • सोमबार, पुष ९ २०८०

काठमाडौं । सुम्निमा-पारुहाङको प्रतिमा स्थापना गर्न धरानका मेयर हर्क साम्पाङले चलाएको अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् ।



काठमाडौंमा आयोजित छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई लगायतले आर्थिक सहयोगको घोषणा गरे । उनले उक्त अभियानमा जनही १-१ लाख रुपैयाँ दिने बचन दिए । अन्य कलाकारहरु शान्तिराम राई, सत्यकला राई, एलिसा राई, अशोक मुकारुङ पनि छलफलमा थिए ।

सुम्निमा-पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई मात्र नभएर नेपालको पर्यटनलाई पनि सघाउ पुग्ने विश्वास दयाहाङले ब्यक्त गरे । ‘किराँती दर्शनलाई हामीले जसरी बुझेका छौं, त्यसलाई हामीले बाहिर लैजान सकेका छैनौं’ दयाहाङको भनाई छ ।

धरानका मेयर साम्पाङले कलाकारको साथ पाउँदा आफूले भाग्यमानी महसुस गरेको बताए ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend