logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

गोकुलगङ्गा गाउपालिकास्तरिय फाइनल तथा समापन पौष १० गते


  • जन आकाश
  • सोमबार, पुष ९ २०८०

रामेछाप । रामेछाप जिल्लाको गोकुलगङ्गा गाउपालिका स्तरिय ठोसेको शारादा माविमा  यहि पौष ७ गतेवाट सन्चालित रनिङशिल यहि पौष १० गते फाइनल तथा समापन हुदैछ।



गोकुलगङ्गा गाउपालिकास्तरिय प्रतिस्पर्धामा ७ वटा माविहरुले भाग लिएका छन्। जट्टेस्वरि मावि डुलुमटार, सेतिदेवि मावि सङ्वा डाडा, शारादा मावि ठोसे, गोकुलगङ्गा मावि रसनालु, जनजागृति मावि बेतालि, कमलादेवि मावि नमाडि, श्री मावि फर्पु गरि पालिका भित्रका ७ वटै माविले भाग लिएका छन् ।

अहिलेसम्म भएका खेलहरु मध्य बेतालिको जनजागृति मावि ७ स्कर्ण ६ रजत  ७ कास्यसहित अग्रता लिइरहेको छ, बेतालिलाइ ठोसेको शारादा माविले ६ स्वर्ण  ८ रजत ३ कास्य सहित पछ्याइरहेको छ। सधै प्रथम स्थान हासिल गर्ने रस्नालुको गोकुलगङ्गा मावि ५ स्वर्ण  २ रजत  ३ कास्य सहित तेस्रो स्थानमा रहेको छ।

त्यसैगरि गर्जाङको जट्टेस्वरि माविले ३ स्वर्ण २ रजत ७ कास्य सहित चौथो स्थानमा रहेको छ।त्यसै गरि  नमाडिको कमलादेवि मावि स्वर्ण २ रजत ४ कास्य ३ सहित पाचौ स्थानमा छ।

फर्पुको श्री मावि र साङ्बाडाडाको सेतिदेविको समान १/१ स्वर्ण रहेको छ भने फर्पुको ३ रजत १ कास्य छ। साङ्बा डाडाको रजत  छैन कास्य २ जितेर तिन पदक सहित अगाडी बढिरहेको छ।

भोलि पुरुष बलिबलको फाइनल नमाडिको कमलादेवि र ठोसेको शारादा मावि बिच प्रतिस्पर्धा हुने भएको छ।

महिला भलिबल क्वाटर फाइनलका खेलहरु भइरहेकाछन।

भोलिनै खेलहरु समाप्ति सगै भव्य कार्यक्रमका साथ समापन हुदैछ।

भलिबलको फाइनल खेल जन आकाश मिडियाको अफिसियल पेजवाट live हुनेछ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend