logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सातौँ मनास्लु राष्ट्रिय अर्वाडद्धारा गायक शिव सागर खड्का सम्मानित  


  • जन आकाश
  • मंगलबार, पुष १० २०८०

काठमाडौं ।“एक विधा एक स्टार” सातौँ मनास्लु राष्ट्रिय अर्वाड – २०८० द्वारा गायक तथा मोडल शिव सागर खड्का सम्मानित भएका छन् ।



मन बहादुर पुनको अध्यक्षतामा ,आदिवासी जनजाति आयोगका अध्यक्ष — माननीय राम बहादुर थापा मगर प्रमुख अतिथि वरिष्ठ अधिवक्ता गौ बहादुर आले मगर विशिष्ट आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा उक्त कार्यक्रम सम्पन्न भएको  थियो ।

मनास्लु मिडिया प्रा.ली द्वारा सञ्चालित हरपल खबरको रफ्तार‘ मनास्लु पोष्टकोे सातौँ वर्ष पुरा गरेको अवसर पारेर विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरूप “एक विधा एक स्टार” सातौँ मनास्लु राष्ट्रिय अर्वाड – २०८० द्वारा गीत सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायक तथा मोडल शिव सागर खडकालाई समान पत्र सहित अर्वाडबाट सम्मानित गरिएको छ ।

रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वाड न १ गर्जाङमा बुवा यम बाहादुर खड्का र आमा यम कुमारी खड्काको  कोखबाट जन्मिएका गायक शिव सागर खडका गीत सङ्गीत क्षेत्रका एक चम्किला तारा हुन ।  उनले झन्डै तीन दर्जनभन्दा बढी  गीत बजारमा निकाली सकेका छन् । भने  एक दर्जन गीतमा आफ्नै शब्द /संंगीत र आफ्नै आवाज दिएका छन् ।

२०७२ सालदेखि सांगीतिक क्षेत्रमा निरन्तर लागेका  खड्काका कति गीत चर्चामा समेत रहेका छन् ।  कति गितले इतिहास  रचन सफल भएकाछ्न् । पछिल्लो समयमा गीत संगीतबाट उनले दर्शक श्रोताबाट अत्यन्तै माया र साथ सपोट पाएका छन् ।

लामो समय गीत सङ्गीत क्षेत्र र मोडलिङ क्षेत्रमा चर्चा कमाउँदै आएका खड्का सातौँ मनास्लु राष्ट्रिय अर्वाडद्धारा  सम्मानित हुन पाउँदा आफू खुसी रहेको आगामी दिनमा नयाँ सिर्जना ल्याउन अर्वाडबाट थप ऊर्जा थपिएको बताउँछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend