जन आकाश
काठमाडौं । दीपक श्रेष्ठ निर्देशित फिल्म पर्खी बसें तिमीलाईको ट्रेलर सार्वजनिक गरिएको छ ।
सोमबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा आकाश (किरण श्रेष्ठ) र आभा (रक्षा बुढाथोकी) को भेट, बढ्ने सामिप्यता, प्रेम र विछोडलाई देखाइएको छ । निर्देशक श्रेष्ठले पर्खि बसेु मार्फत नयाँ कलाकारका रूपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई प्रवेश गराएका थिए । यसपटक उनले अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीलाई डेब्यु गराउँदैछन् ।
रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ । राजाराम बुढाथोकी निर्माता रहेको फिल्ममा कोमल गुरुङ सह (निर्माता छन् । फिल्ममा परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ। फिल्म काठमाडौं उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टले र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend