जन आकाश
काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै सांगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारका नयाँ नयाँ गितहरु सार्वजानिक भइरहेकाछन् ।
सोही क्रममा सिताराम घिमिरे, खिर बाहादुर पौडेल र समिक्षा अधिकारीको आवज रहेको धजाबानेको बोलको गीत अन्नत फिल्मस युटुव च्यानलबाट सार्वजनिक भएको छ । सोही गीत छोटो समयमै दर्शकहरुमाझ निकै लोकप्रिय बन्दै गएको छ ।
सिताराम घिमिरे , खिर बाहादुर पौडेल र लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाज रहेको गीतमा शब्द, संगीत गोबिन्द पंगेनीले गरेकाछन् । गीतमा पूर्ण सम्योगको एरेन्ज रहेको छ भने क्यामराम्यान बिरेन्द्र परियारको रहेको छ । भिडियो निर्देशन गणेश बाबू बिकको रहेको गीतमा सिताराम घिमिरे, आयुष्मा कार्की र खिर बाहादुर पौडेलको अभिनय आकर्षक रुपमा देख्न पाइन्छ ।
छाडा र उत्ताउला गीतले समाजलाई नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला सिताराम घिमिरेले मायाँ पिरतीको झल्को मेटिने गरी मार्मिक लोक गीतको म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । उक्त गीत अहिले टिकटक फेसबुकका पेजहरुमा निकै चर्चामा आएको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend