जन आकाश
काठमाडौँ । गीतकार कुमार शिवाकोटीको नयाँ गीत ‘सिउँडीको काँडैमा’ सार्वजनिक भएको छ । गायक रमेश कँडेलको स्वर रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् ।
डान्सिङ शैलीको गीतको भिडियोमा मोडल बिना राउत र निक्स शर्माको अभिनय छ । भिडियोमा एक जोडीको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ । प्रहील कार्कीको निर्देशन रहेको भिडियो यशना लुइँटेल, प्रिन्सा शर्मा र प्रनिका शिवाकोटीले मिलेर बनाएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend