जन आकाश
काठमाडौं । दुईपाङ्ग्रे सवारी साधनको दुनियाँमा अग्रणी नाम रेजेडआर हाइब्रिड १२५ ले जारी नेशनल सुपर लिगलाई हेल्मेट र्याकहरू उपलब्ध गराएको छ ।
यस पहलकदमीले सुरक्षाको प्राथमिकता र खेलाडी तथा प्रशंसकहरूको सुविधा बढाउने कम्पनीको अटल प्रतिबद्धता झल्काउने विश्वास कम्पनीले लिएको छ । नेपाल सुपर लिगले फुटबल प्रेमीहरूलाई मोहित तुल्याइरहेको बेला रेजेडआर हाइब्रिड १२५ को यस नौलो पहलकदमीले खेलको मजा लिँदैगर्दा फ्यानहरूलाई हेल्मेट राख्नको लागि सुविधाजनक स्थान उपलब्ध हुनेछ ।
यसले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूसँग आफ्नो हेडगियर राख्न सुरक्षित र पहुँचयोग्य ठाउँको सुनिश्चितता प्रदान गर्नेछ जसले गर्दा वहाँहरुले निश्चिन्त भएर फुटबलको मजा लिन सक्नेछन् । फुटबल खेललाई माया गर्ने भावुक प्रशंसकहरूको सम्मानस्वरूप यामाहा रेजेडआर हाइब्रिड र केटीएम रेजेडआर्सले उत्साहपुर्वक यसको पहलकदमी लिएका हुन्। नेपाली खेलकुद र विशेषगरी फुटबललाई समर्थन गर्ने लामो इतिहास बोकेको यामाहा ए डिभिजन लिगमा समेत सक्रिय रुपमा संलग्न छ ।
यामाहाको एमएडब्लू टू ह्वीलर डिभिजनका अधिकारीहरूका अनुसार हेल्मेट र्याकको स्थापनाले फ्यानहरूमा फुटबलको रोमान्च अझै बढ्ने छ। यस पहलकदमी फुटबल उत्साहीहरूका लागि सुविधा, पहुँच र बढ्दो उत्साह प्रदान गर्नमा केन्द्रित रहेको छ ।
नेपाली खेलकुदलाई सहयोग गर्ने यामाहाको प्रतिबद्धतालाई नेपाल सुपर लिगसँगको साझेदारीले थप प्रगाढ बनाएको छ भने हेल्मेट र्याकको स्थापनाले फुटबलको मजामा अझै धेरै सहजता र आनन्द थपेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend