logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

२३औं आहा रारा पोखरा गोल्डकप माघ ९ देखि हुने


  • जन आकाश
  • शुक्रबार, पुष १३ २०८०

काठमाडौं । मोफसलकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण आगामी माघ ९ देखि हुने भएको छ ।



आयोजक सहारा क्लबले बिहीबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता माघ ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको लागि सहारा क्लवलाई उक्त मितिमा स्विकृती समेत प्रदान गरेको छ ।

प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ उक्त प्रतियोगिताको तयारी यसअघि नै सुरु गरिएको क्लवका महासचिव रामजी अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसअघि भएको २२औं संस्करणको उपाधि संकटा क्लब काठमाण्डौंले जितेको थियो । २०५५ सालमा स्थापित सहारा क्लबले २३ वर्षदेखि निरन्तर रुपमा आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend