जन आकाश
काठमाडौं । भारतमा आयोजित ३० औं अप्पा अवार्डबाट मोडल सचिन खड्का सम्मानित भएका छन् ।
विगत २ दशकभन्दा बढीदेखि भारतको उत्तर प्रदेशमा कला, सँस्कृति, पर्यटन र सिनेमाको विकास र प्रबर्द्धनमा क्रियाशील ‘उत्तर प्रदेश आर्टिष्ट एकेडेमी’ ले आयोजना गरेको ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट मोडल सचिन खड्का सम्मानित भएका हुन् ।
शनिवार भारतको उत्तर प्रदेशमा आयोजित विशेष कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री ब्रजेश पाठकले अवार्डसहित सम्मान गरेका हुन् ।
बिगत केही बर्षदेखि मोडलिङ क्षेत्रमा चर्चा कमाउँदै आएका सचिन खड्का ३० औं अप्पा अवार्डद्धारा सम्मानित हुन पाउँदा आफू खुसी रहेको आगामी दिनमा नयाँ सिर्जना ल्याउन अर्वाडबाट थप ऊर्जा थपिएको बताउँछन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend