logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सुनकोशी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शील्ड सम्पन्न


  • जन आकाश
  • आइतबार, पुष १५ २०८०

सिन्धुली । “स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ शुरु भएको सुनकोशी गाउँपाकिला अन्तर माविस्तरीय खेलकुद भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । ११ गते वाडन ५ को मुलकोट खेल मैदानमा शुरु भएको थियो । शुरुको खेलको उदघाटन कार्यक्रमको सभापति सुनकोशी गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख ओम गौतमको रहेको थियो । प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सिन्धुलीका राजन दाहालको आतिथ्य तथा विशेष अतिथि छत्रमान बञ्जनको आतिथि, सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला,सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी अतिथि लगायत जनप्रतिनिहरुको आतिथ्यमा कार्यक्रम भएको थियो ।



तिन दिनसम्म चलेको खेलमा १० वटा माविका विद्यार्थीहरुले बिभिन्न विद्याका खेलामा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा भाग लिएका माविहरुको नामवली यस प्रकार छ ।
१ कुशेश्वर मावि दुम्जा,
२ ज्वालादेवी मावि दुम्जा
३ पञ्चकन्या मावि हायुगाउँ
४ माध्यमिक विद्यालय गुठबजार
५ सिद्ध मावि कोटगाउँ
६ प्रगति मावि रातमाटा
७ गणेश मावि थापाथुम्का
८ ग्रामकाली मावि असारे
९ दिर्धदीप मावि खाल्टे
१० गणेश मावि मझुवा रहेका थिए ।

समापन कार्यक्रमको प्रमुख अतिथि सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा दाहाले रहेकी थिइन भने विशेष अतिथिमा सोही गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोईराला, सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी अतिथि रहेका थिए । त्यसैगरी अतिथिहरुमा गाउँपालिकाका जनप्रतिनिधिहरु, सामाजिक क्षेत्रका संघ, सस्थाका प्रतिधिहरु रहेका थिए ।

सवै माविले उत्साजनक भाग लिएका थिए । भाग लिएर प्रतिस्पर्धा गरेका मध्य सवैभन्दा बढी पदक जित्न सफल दिर्धदीप मावि खाल्टेले ८ स्वर्ण, २ रजत, १ कास्य पदक जितेर रनिङ शिल्ड आफ्नो बनाएको थियो ।

त्यसैगरी पगतिशील मावि राटमाटाले ७ स्वर्ण, ६ रजत, ५ कास्य सहित दोस्रो हुन सफल भएको थियो ।
त्यसैगरी ज्वालादेवी दुम्जाले ४ स्वर्ण, ५ रजत, ३ कास्य पदक सहित तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।
कुनैपनि पदक जित्न असफल सिद्धमावि कोटगाउँले सहभागिता जनाएपनि पदक विहिन हुदै खाली हात र्फकेको छ ।

समाचारको स्रोतः वोधबिक्रम थापा सुनकोशी गाउँपालिका

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend