logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“कलेजी खानीपो रैछ” बोलको गीत सार्वजनिक


  • जन आकाश
  • सोमबार, पुष १६ २०८०

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै सांगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारका नयाँ नयाँ गितहरु सार्वजानिक भइरहेकाछन् ।



सानै उमेरदेखि गीत संङ्गीतमा रुची देखाउने अवसरको खोजीमा भौतारीयका दक्षिण पहाड् ललितपुरको इकुडोलका ९ निवासी सिताराम घिमिरेको नयाँ गीत कलेजी खानीपो रैछ बोलको गीत अन्नत फिल्मस युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

सिताराम घिमिरे र शान्ति शी परियारको आवाज रहेको गीतमा शब्द, संगीत गणेश बाबु बिकले गरेकाछन् । गीतमा पूर्ण सम्योगको एरेन्ज रहेको छ भने, क्यामराम्यान बिरेन्द्र परियारको रहेको छ । भिडियो निर्देशन गणेश बाबू बिकको रहेको गीतमा सिताराम घिमिरे, र सारिका केसीको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

हाम्रो नेपाली समाजमा छाडा र उत्ताउला गीतले समाजलाई नै दिनानुदिन खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला सिताराम घिमिरेले मायाँ पिरतीको झल्को मेटिने आफ्नै कथा बस्तुलाई समेट्नेगरी मार्मिक मन छुने लोक गीतको म्युजिक भिडियो सहित बजारमा ल्याएका छन ।

उक्त गीत अहिले टिकटक फेसबुकका पेजहरुमा निकै चर्चामा आएको देखिन्छ्र । अब आउने दिनहरुमा दर्शकहरुको माँयाले अझै सामाजिक घटनामा आधारित गीतहरु ल्याउने र केही गीतहरुको छ्याङ्कन सकिएर छिटै आउने तयारी भएको घिमिरे बताउँछन् ।

पछिल्लो समय सिताराम घिमिरेले“मेरो देश, नेपाल भन्दा माथि कोहि छैन”, फटल दिल,होलि मे चोली,बोलबम जस्ता निकै गीतमा मोडलिङ् र  नेपाली- टेली सिरियल ,यो  कलियुग,सौता,माईला,पुरुष,त्याग,चेली,घण्टे,पश्चाताप जस्ता नेपाली टेली -सिरियलमा राम्रो अभिनय गरेर उनले बजारमा चर्चा बटुलिसकेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend