logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो “Hyundai New Year Delight 2024” योजना


  • जन आकाश
  • सोमबार, पुष १६ २०८०

काठमाडौं । हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ले नयाँ वर्षलाई मध्यनजर गर्दै “Hyundai New Year Delight 2024” योजना ग्राहकहरु माझ ल्याएको छ ।



यो ग्राहकमुखि योजना यही पुष १६, २०८० देखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले रु. ५,००,००० सम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप रु.५०, ००० सम्मको गो-ग्रीन बोनसका साथै गाडीको मोडल इएरको आधारमा रु. ५,००,००० सम्मको छुट प्राप्त गर्न सक्ने छन्   यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।

सबै हुन्डाई ICE  गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र EV गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस स्किमबाट हुन्डाईको कुनैपनि Hatchback, Compact SUV, SUV तथा EV गाडी गाडी खरिद गरि फाईदा लिन सकिनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ं चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ ।

यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend