logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गीत संगीतमा रमाउदै मो्ड्ल तथा निर्देशक बिनोद सुन्दास


  • जन आकाश
  • सोमबार, पुष १६ २०८०

काठमाडौं । मोड्ल तथा निर्देशक बिनोद सुन्दास नेपाली सागीतिक बजारमा निकै चर्चामा रहेका व्यक्ति हुन । पछिलो समय हेर्ने हो भने सुन्दास मोड्लिङसँगै म्युजिक भिडियो निर्देनमा निकै ब्यस्त देखिन्छन् ।



झन्डै चारदर्जन भन्दा बढी नेपाली मौलिकता झल्काउने गीतमा निर्देशन तथा मोड्लिङ गरिसकेका बिनोद सुन्दासको निर्देशनको अनुभव र मोड्लिङको अनुभवलाई जन आकाश मिडियाले निर्माण गरेको संगीत खबर कार्यक्रममा यसरी प्रस्तुत गरेको छौं ।

तपाइँले कस्ता खालको गीतमा निर्देशन मोड्लिङ गर्नु भएको छ ?

मैले प्राय सबै प्रकारको गीतमा निर्देशन अनि मोड्लिङ गरेको छु । आधुनिक लोक दोहोरी डान्स गीतहरु सबै प्रकारका छन् । पछिल्लो समय दर्शकले एकदमै रुचाइदिनु भएको गीत आफै रुनु पर्ने बजारमा आएको छ । त्यो गीतबाट मलाई नचिन्ने दर्शकले पनि चिन्नु भएको छ । त्यो गीतले छोटो समयमै बजार पाउन सफल भयो । यो गीतमा निर्देशन मोड्ल म आफै छु । यो गीतबाट मलाई दर्शकले धेरैले चिन्नु हुन्छ ।

निर्देशकले केटी मान्छेलाई मिस युज गर्छ भन्छन नी तपाईले गर्नु भएको छ की छैन् ?
त्यस्तो निर्देकले मिस युज गर्छ भन्ने हुँदैन् गरे होलान कति निर्देशकले सबैको सोच बिचार एकै प्रकारको हुँदैन् । सबै मानिस एउटै पनि हूँदैन् । मलाई काम कसरी गर्ने कस्तो खालको कलाकारलाई बोलाउने भन्ने तिर बढी ध्यान जान्छ । म कहिले आफ्नो स्वार्थको लागि अरुको भावना माथि खेल्दिना । काम कसरी गर्न सहज हुन्छ , काम छिटो सक्न पाए लागानी कर्ताको लगानी थोरै भएनी बच्थ्यो जस्तो लाग्छ म काम गर्दा कहिले अन्त ध्यान दिदिन् । म बाट कसैलाई मिस युज गर्ने काम हुँदैन् ।

तपाईको बाल्यकाल कसरी बित्यो ?
गंगाजमुना गाउँपालिका फुर खर्कमा मेरो जन्म भयो । ती गाउँघरमा उकाली ओराली घाँस दाउरा मेलापात गरिन्थ्यो म ६ बर्षको हुँदा बाबा बित्नु भयो । बाबा नहुँदाको पीडा छुट्टै थियो । सवै जिम्मेवारी आफुले समाल्नु प¥यो । मेरो बाल्यकाल दुखदाही अवस्थामा गाउँघर मै बित्यो ।

मोड्लिङ क्षेत्रमा कसरी आउनु भयो ?
कलाकारिता क्षेत्र र गीत संगीत क्षेत्रमा लाग्छु भन्ने मेरो सानैदेखि सपना थिएन जब गाउँबाट रोजगारिको शिलसिलामा सपनाको सहर काठमाडौं आए काठमाडौंमा आएर म मासु पसलमा काम गर्न थाले । तेतिबेला टिभीमा छमछमि प्रोग्राम आउथ्यो । निरन्तर छमछमि प्रोग्राम हेर्न लागे तेसपछि मलाई मनमा खुल्दुली लाग्यो । नाच्यो भनी त टिभीमा देखिने रहेछ भन्ने भयो । त्यसपछि प्रतिबिन्दु कला केन्द«मा डान्स सिक्न थाले । त्यसपछि कलाकारिता क्षेत्र र गीत संगीत क्षेत्रमामा रहर जाग्यो । फिल्महरु हेर्न थाले राजेश हमाल बिराज भट् रमित ढंङगानाको लगायतका कलाकारहरुवाट प्रभावित भएर म पनि केहि गर्छु भनेर अगाढी बढे । बिस्तारै त्यसपछि मेरो मोड्लिङको यात्र तय भयो ।

मोड्लिङ र निर्देशनबाट जीवन चलाउन कतिको सजिलो छ ?

एक्दमै गारो छ मलाई मात्र होइन अरु निर्देशक मोड्लहरुलाई पनि उतिकै गारो छ । थोरै पारिश्रमिकमा काम गर्नु पर्ने काठमाडौंको महँगी बढेको बढ्यै छ । एक हप्ता काम भयो भने एक महिना कोठामा बस्नु पर्ने फेरी यो क्षेत्रमा खुट्टा तान्ने प्रवृति धेरै हुन्छ । एउटाको काम आर्काेले आर्कोको काम आकैले तानि रहेको हुन्छ । फेरी हाम्रो देशमा गीत संगीत क्षेत्र र कलाकारिता क्षेत्रमा त्यति धेरै सेवा सुबिधा छैन् त्यहि भएर पनि यो क्षेत्रबाट रोजिरोटी चलाउन एकदमै गारो छ निर्देशक तथा मोड्ल बिनोद सुन्दास जन आकाश मिडियासँग बताउँछन् ।

पुरा अन्तर्वार्ता तल लिङ्कमा दिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend