logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ठुलो गायक बन्ने रहरमा रामेछापबाट आफ्नो प्रतिभा बोकेर महेश सुनाम जन आकाशमा


  • जन आकाश
  • सोमबार, पुष १६ २०८०

काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रमा पछिल्लो समय प्रतिभा हुनेका लागि भन्दा पैसा हुनेका लागि स्थान दिने प्रचलन बढदै गएको छ । त्यसको असरले पछिलो समय गीत सङ्गीत क्षेत्रमा मौलिकता झल्काउने गीतहरू लोप हुँदै गएका छन् । पैसाका आडमा निस्कने मौलिकता नभएकाले स्थान पाउँदा विकृति जनक गीतहरू बजारमा फैलिँदै छन् ।



साङ्गीतिक क्षेत्रमा भविष्य बनाउने धेरैको रहर हुन्छ । “कोहीसँग प्रतिभा हुन्छ पैसा हुँदैन” “कोहीसँग पैसा हुन्छ प्रतिभा हुँदैन” हरेक मानिसलाई जीवनमा एउटा न एउटा अभावले पिरली रहेको हुन्छ । नेपालमा राजनीतिक क्षेत्रमा आएको विकृति जस्तै गीत सङ्गीत क्षेत्रमा पनि आफ्नो मान्छे छानेर स्थान दिने गरिन्छ । तर त्योभन्दा भिन्न अवस्थाबाट नेपाली साङ्गीतिक क्षेत्रमा लोक संस्कृतिलाई माया गर्ने एक अदभूत क्षमता भएका ठुलो गायक भएर देशलाई चिनाउने सोच बोकेर रामेछापको बेतालीबाट अवसरको खोजीमा काठमाडौ आएर सांगीतिक क्षेत्रमा लागेका नव प्रतिभा महेश सुनाम जन आकाश मिडियामा आएकाछन् उनको दुखः सुखको कुराकानीलाई यसरी प्रस्तुत गरेका छौं ।

रामेछाप जिल्लाको दुर्गम ठाउँ गोकुलगंगा गाउँपालिका वडा ४ बेतालीबाट शिव परियार जस्तै आवाज र झट्ट हेर्दा कतै शिव परियार त हैन भन्ने लुक्स भएका सुमधुर स्वरका धनि महेश सुनाम अवसरको खोजीमा आफ्नो प्रतिभा बोकेर जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रममा जोडिएका छन् ।

“घरको आर्थिक अवस्था कमजोर रामेछापको बिकट ठाउँ बेतालीमा हुर्केका महेश सुनाम सानै देखि गीत सङ्गीतमा धेरै रुचि राख्ने गर्थे । गीत सङ्गीत क्षेत्रमा भविष्य बनाउँछु भनेर कक्षा १० सम्मा गाउँमै पढे अनि पढाइको सिलसिलमा ठुलो गायक बन्ने रहर बोकेर सपनाको सहर काठमाडौं आए ।  तर बिरानो मुलुक काठमाडौं सहरमा सोचे जस्तो भएन दुख सुख काम गर्दै १२ कक्षा सम्म काठमाडौँमा पढ् । त्यहाँ भन्दा माथिल्लो तहमा पढ्नलाई घरको आर्थिक अवस्था मजबुत थिएन । गीत सङ्गीतमा लाग्न पनि चिनेको कोही थिएनन् । ठुलो गायक बन्ने रहरमा सुनामको मन भतभत पोली रहन्थ्यो ।

जीवनमा अब के गर्ने भन्ने मनमा कुराहरु खेलिरहन्थ्यो । गीत सङ्गीतमा स्थान पाइन्थ्यो कि भनेर अग्रज गायकहरूलाई धेरै म्यासेज गर्थे नम्बर खोजेर फोन गर्ने गर्थे कसैको फोन उठ्थ्यो तर राम्रोसँग बोल्न खोज्दैन थिए । म्यासेज गर्थे म्यासेज हेर्नू हुँदैन थियो । यो क्षेत्रमा कसैको साथ सपोट भएन भनी अगाडि बढ्न नसकिने रहेछ ।

त्यसैले घरको आर्थिक अवस्थाले गर्दा विदेश जाने सोच आयो । एक मनले विदेश जा भन्थ्यो, आर्काे मनले पढ भन्थ्यो, अर्को मनले गीत सङ्गीतमा लागेर केही गर भन्थ्यो । एकान्तमा बसेर जीवनको बारेमा सोच्ने गर्थे । कुनै बेला त यो जीवन देखि वाक्का लाग्थ्यो घरको स्थिति देख्दा आँखाबाट आँसु आउँथ्यो । बुवाले सानैमा आर्को आमा लिएर हामीलाई छोडेर धेरै टाढा जानु भयो सायद बुवा नभएर होला सबै जिम्मेवारीको भारी अहिले मैले नै समाल्नु परेको छ । मेरो एउटा बहिनी पनि छ । बहिनीको लागी पनि मैले सोच्नु पर्छ । मलाई पढ्ने रहर हुँदा हुँदै धेरै पढ्न नसके पनि बहिनीलाई धेरै पढाउँछु भन्ने सोच बोकको छु ।

जीवनमा भएका दुख सुख विदेश जाने सबै सोच समेत त्यागेर सङ्गीत सिक्न थालेको छु । सङ्गीत सिक्न थालेपछि मलाई आस पनि लागेको छ । गाएर केही गर्न सक्छु कि भन्ने आज भोलि त एक सेकेन समय भयो भने म गीत गुनगुनाउन थाल्छु । मलाई गीत गाउनको लागी कुनै समय चाहिदैन प्राय सबै समयमा गीत गाइ राखेको हुन्छु । थाहा छैन गीत सङ्गीतबाट म काहा पुग्छु भनेर ।

ममिले भ्वाइस अफ नेपाल टिभीमा हेर्नु भएछ । मेरो छोरो पनि एक दिन त्यस्तै स्टेज चढेर गीत गाउँछ भनेर गर्व गर्नुहुन्छ । आमाको ठुलो सपना छ छोरोले एक दिन गीत गाएर देशलाई चिनाएको हेर्ने । मेरो मामाको पनि सपना छ भान्जा स्थापित गायक भएको हेर्ने । म गीत सङ्गीत क्षेत्रमा धेरै मेहनत गरेर अगाडि बढ्छु । सबैले साथ सपोट दिनु होला भन्दै जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रममा भावुक हुँदै बत्ताउँछन् ।”

पुरा अन्तर्वार्ता तल लिङ्कमा दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend