जन आकाश
काठमाडौं । गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको नयाँ गीत “जिउँदा देवता” को सांगीतिक लघु चलचित्र सार्वजनिक भएको छ ।
कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक गीतकार संगीतकार महेश्वर पन्तको रचना तथा संगीत रहेको मार्मिक गीतको सांगीतिक लघु चलचित्र सार्वजनिक भएको छ ।
उक्त भिडियोमा पछिल्लो समयमा नेपाली समाजमा घटिरहेका समसामयिक विषयवस्तुलाई जोडदार रुपमा प्रस्तुत गरिएको छ । बरिष्ठ अभिनेता तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।
सार्वजनिक भिडियोमा बरिष्ठ अभिनेत्री गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकार द्वय गिर्वाणसिंह थापा र गर्विशा थापालाई फिचर्ड गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend