logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सुर्खेतमा भोलिदेखि ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने


  • जन आकाश
  • बिहिबार, पुष १९ २०८०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भोलिदेखि ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा पुस भोलिदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।



आयोजनाको लागि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापन रहेको छ । नेपाल भलिबल सङ्घको संखुवासभामा भएको अधिवेशनले प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सुर्खेतमा राष्ट्रिय भलिबल आयोजना गरिएको कर्णाली प्रदेश भलिबल सङ्घका अध्यक्ष कृष्ण श्रेष्ठले बताए । यो खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुने जनाइएको छ । खेलाडीको गाँस र बासको व्यवस्थापन प्रदेश भलिबल सङ्घले गर्ने बताइएको छ । खेलका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend