जन आकाश
काठमाडौं । विद्युतीय सवारी साधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको BYD ले २०२३ को अन्त्य सम्ममा ३,०२४,४१७ बिद्ध्युतिय गाडीहरू बेचेको घोषणा गरेको छ । यस माइलस्टोनले BYD को ६१.८५ को वर्ष- दर-वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा BYD को प्रतिबद्धतालाई पनि देखाएको छ ।
वार्षिक मापदण्डमा ४५.०५ को वृद्धि देखाउदै, BYD ले डिसेम्बर २०२३ मा, कुल मासिक ३४१,०४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो । वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले BYD लाई बिद्ध्युतिय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सह्योग गरेको छ ।
२०२२मा पनि BYD ले बिद्ध्युतिय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै, १.८६ मिलियन बिद्ध्युतिय गाडीहरू बेचेको रेकर्ड दृढ गतिमा बनाएको थियो । कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै BYD लाई बिद्ध्युतिय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको हो ।
नोभेम्बर २०२३, BYD को यो प्रगतिशील यात्राको एक महत्त्वपूर्ण क्षण रहेको छ । कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन बिद्ध्युतिय गाडीहरू बजारमा लेराइ कम्पनीको प्राकृतिक तथा शुचित भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको छ ।
BYD को सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइन अपको प्रमाण हो जसले पर्यावरण-मैत्री यातायात समाधानहरुको लागि बढ्दो विश्ववायापी मागसगँ प्रतिध्वनित गर्दछ । आजको दिनमा, कम्पनी विद्युतीय सवारी क्रान्तिको अग्रभागमा रहदै, उद्योगमै बेन्चमाक्रहरु सेट गरी रहेको छ ।
२०२३ लाई हाम्रो उत्कृष्ट वर्षका रुपमा मनन गरिरहँदा,BYD ले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केहि परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको छ । ३ मिलियन भन्दा बढीको बिद्ध्युतिय सवारी साधनहरुको बिक्रि हाम्रो टिमको अथक प्रयास मात्रै नभएर हाम्रो उत्पादनको गुणस्तर तथा उत्कृष्टतालाई विश्वास गर्ने विश्व भरका ग्राहकहरू पनि हुन् ।
BYD को विद्युतीय गतिशीलता र कार्बन फूटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तन संग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरू सँग समर्थन गर्दछ । कम्पनी उच्च-गुणस्तरीय प्रविधि र पर्यावरणमैत्री समाधानहरूको उत्पादनमा दृढ छ जसले आगामीमा सवारी साधनहरुको निर्माणमा हेरचाह गरिरहने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend