जन आकाश
काठमाडौं । आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ ।
नेपाली क्रिकेट टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान) ले विदाइ गरेको हो। आगामी १९ जनावरीदेखि दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा देव खनालले नेपाली टिमको कप्तानी गर्नेछन् । दक्षिण अफ्रिकामा नेपालले एक साता प्रशिक्षण गर्नेछ। एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ ।
यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह डी मा छ । समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ ।
त्यसअघि नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग वाम अप खेल खेल्नेछ । नेपालले सन् २०१६ पछि यू-१९ विश्वकप खेल्न लागेको हो। ८ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा नेपालले छनोटमा युएईलाई स्तब्ध पारेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend