जन आकाश
रामेछाप । आज देखि सुरु भएको ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ। कार्यक्रम रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरको सभापतित्वमा, रास्टिय खेकुद परिषदका सदस्य सचिव टन्कलाल घिसिङको प्रमुख अतिथिमा,प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ्को बिशिस्ट अतिथिमा, जिल्ला समन्वय प्रमुख चिना कार्की, नगरपालिका, गाउपालिकाका प्रमुख, उप प्रमुखहरु, जिल्ला खेलकुद सग सम्बन्धि निकायहरुका प्रतिनिधिहरुको उपस्तिथिमा प्रमुख अतिथि घिसिङले पानसमा दीप प्रज्वलन गरि उदघाटन गरेका हुन।
रामेछाप जिल्लास्तरीय ११ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रमुख अतिथिको रुपमा रामेछापको उमाकुन्ड आएका रास्टिय खेलकुद परिषदका सदस्य सचिव टङकलाल घिसिङले रामेछाप जिल्ला याहा भौगोलिक बिकटताका कारण जति अफ्ट्यारो भएपनि अध्यारो पछि नै उज्यालो आउने हुनाले कठिनताका बाबजुद पनि उमाकुन्ड गाउपालिकाले यति धेरै सफलताका साथ जिल्लास्तरीय प्रतियोगिता गराएकोमा धन्यवाद दिएका छन् ।
उनले अफै पनि जन्मेको जिल्ला भएको हुनाले यहा धुलोमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुले अन्तर्राष्ट्रिय कबड हलमा प्रतिस्पर्धा गरेको हेर्न चाहेको छु। उनले थप्दै भने कबडि खेल्दा कतिपय खेलाडीहरु घाइते भए भन्ने मैले सुनेपछि मैले खेलकुद परिषदवाट केहि म्याटको ब्यवस्थापन गरिदिएको थिए।
तर उमाकुन्ड गाउपालिकाले बलिबल समेत म्याट ओछ्याएर गर्ने तयारी गरेको रहेछ। यो अत्यन्तै राम्रो ब्यवस्थापनको लागि उमाकुन्ड सह आयोजकलाइ धन्यवाद दिएका थिए।
उनले खेलकुदमा बिगतमा के भए भनेर कोट्याउने होइन अहिले हामि खेलकुदको बिकास गर्न आएका छौ। हामिलाइ बिगत कोट्याएर बस्ने छुट छैन। मैले भरखरै मात्रै खेलकुद क्षेत्रका खेलाडीको बिमा लगायत सुनिस्चित गरेको छु। जिल्ला जिल्लामा खेलकुदका कार्यक्रम सम्पन्न गराउन सफल भएको पनि बताए।
विशिष्ट अतिथिको रुपमा आएका प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङले कार्यक्रमलाइ सम्बोधन गर्दै अर्को बर्षसम्म यस उमाकुन्ड गाउपालिकासम्म कलोपत्रे गरेर देखाउने बताएका थिए।
कार्यक्रमको सभापति रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरले गरेर समापन उनैले गरेका थिए।
स्वगत मन्तव्य उमाकुन्ड गाउपालिका खेलकुद विकास समितिका संयोजक सुदीप सुनुवारले राखेका थिए।
उमाकुण्ड गाउपालिकाले च्यादलुमा नव निर्मित खेलकुद मैदानमा भब्य कार्यक्रमको आयोजना गरेको थियो।
८ पालिका मध्य ७ पालिकाले मात्रै स्काउट मार्च पासमा भाग लिएका थिए। मार्च पासको स्वर्ण रामेछाप नगरपालिकाले जितेको छ। रजत उमाकुन्डले पाएको छ। कस्य मन्थली नगरपालिका रहेको छ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रम समापन हुदा सम्म भमक्कै रात परेको थियो। कार्यक्रममा उमाकुन्डमा सास्कृतिक कला, झाकिहरु देखाइएको थियो। अन्तमा उमाकुन्डमा भइरहेको रामेछाप जिल्लास्तरीय खेलकुदका प्रमुख अतिथि, अतिथिहरु समेत स्वदेशगानमा निर्त्य गरेर मनोरन्जन लिएका थिए।
कार्यक्रम सञ्चालन जितनारायण श्रेष्ठले गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend