logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मेरीना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडिलाई बिस जोर सुट दिने


  • जन आकाश
  • आइतबार, पुष २२ २०८०

काठमाडौं । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडि र अफिसियलहरुलाई बिस जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबीच आज उक्त सम्झौता भएको हो ।



सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका जाने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमलाइ मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुज बस्नेत र राम प्रसाद अर्यालले सम्मान सहित बिदाइ गरेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको विदाई कार्यक्रममा क्यानका सचिब पारस खड्काले खेलाडिहरुको हौसला बढाउन सहयोग गरेकोमा मेरीना इम्पेक्सलाइ धन्यबाद दिएका थिए । नेपाली क्रिकेट खेलाडिहरुको हौसला बढाउन सामाजिक उत्तरदायितव अन्तर्गत उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ ।

यसअघि पनि टी९२० वर्ल्ड कपमा मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई चालिस जोर सुट दिएको थियो । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सचिव टङकलाल घिसिङसहित क्यानका अध्यक्ष र अन्य पदाधिकारिहरको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend