logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

रामेछाप जिलास्तरीय रास्ट्रपति रनिङ शिल्डको समापन भोलि


  • जन आकाश
  • सोमबार, पुष २३ २०८०

रामेछाप । रामेछाप जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भोलि ( अर्थात २०८० पौष २४ गते हुने भएको छ।



रामेछापको उमाकुन्ड गाउपालिका वाडन ४ मा संचालन भइरहेको प्रतियोगिता आज समापन हुने अग्रीम तालिका थियो ।तर आज पुरुष तर्फको भलिबल फाइनल खेल खेलाउदा खेलाउदै  मौसम कारण भइरहेको  उक्त फाइनल खेल भोलि ल्हेलाउने र उक्त खेल समाप्त सङै समापन हुने आयोजकले जानकारी दिएको छ। भलिबलको फाइनल खेल भइरहेको मैदानमा चिसो सित झर्न थालेपछि खेलाडीहरु चिप्लिएर खेल्न नस्क्ने अवस्था आएको थियो ।

भोलि बिहानैवाट खेल खेलाउने र पुरुस्कार बितरण गर्ने  कार्यक्रम रहेको छ।

समापन कार्यक्रमको लागि बागमती प्रदेश श्रम तथा रोजगार मन्त्री लक्षमण लम्साल आज नै कार्यक्रमस्थलमा आइसकेका छन् ।

त्यसैगरी विशेष अतिथिहरुमा पुर्व ससद देव शङ्खर पौडेल,तत्कालिन  बागमती प्रदेस ससद आनन्द श्रेष्ठ लगायत अतिथिहरु उमाकुन्डमा आइसकेका थिए। उनिहरु आजको रात नुम्बुर हिमालको अक्सिजन लिदै च्यादलुमा बास बस्नेछन र भोलि हुने भव्त कार्यक्रमको समापन पछि मात्रै फर्कनेछन।

रामेछाप जिल्लास्तरीय ११ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रतिस्पर्धामा सवैभन्दा बढि स्वर्ण पदक जितेर मन्थली नगरपालिकाले शिल्ड उचाल्ने पक्का भइ सकेको छ।

मन्थलिले २६ स्कर्ण जितेको छ। भोलि भलिबल पुरुष तर्फको स्वर्ण पदको प्रतिस्पर्धा पनि गरिरहेको छ।

त्यसैगरी उमाकुन्ड गाउपालिकाले १८ स्वर्ण पदक जितेर दिस्रो स्थानमा रहेको छ। उमाकुन्ड मन्थलीसग भलिबल स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्दैछ।

त्यसैगरी रामेछाप नगरपालिकाले १० स्वर्ण जितेर तेस्रो स्थान हासिल गरेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend