logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

विद्याभूषण स्कुलले जित्यो जुनियर कपको उपाधि


  • जन आकाश
  • मंगलबार, पुष २४ २०८०

काठमाडौं । विद्याभूषण स्कुलले स्टेपिङ स्टोन जुनियर कपको उपाधि जितेको छ । फाइनलमा डिस्कोभरी स्कुललाई ३९ रनले पराजित गर्दै विद्याभूषण च्याम्पियन बनेको हो ।



विजेता विद्याभूषणले ट्रफीसहित ३० हजार नगद पुरस्कार पायो भने उपविजेता डिस्कोभरीले १५ हजार पायो । टस जितेर पहिले ब्याटिङ गरेको विद्याभूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका लागि नवीन शाहले ३० रन जोडे । डिस्कोभरीका अनुपराज गिरीले २ विकेट लिए ।

जवाफी ब्याटिङमा डिस्कोभरीले १४ ओभरमा सबै विकेट गुमाएर ४४ रनमात्रै जोड्न सक्यो । प्रतियोगिताको प्लेयर अफ द सिरिज डिस्कोभरी स्कुलका गौरव खड्का चुनिए । यस्तै बेस्ट ब्याट्सम्यान सन्देश गिरी र बेष्ट बलर लोचन खनाल चुनिए ।

सर्वोत्कृष्ट खेलाडीले नगद २ हजारसहित डिसिएमा निःशुल्क भर्नासहित ४ महिनाको छात्रवृत्ति पाए । उत्कृष्ट बलर, ब्याटरले एक हजारसहित डिसिएमा निःशुल्क भर्नासहित २ महिनाको छात्रवृत्ति पाए । उदयीमान खेलाडीले डिसिएमा निःशुल्क भर्नासहित ट्रफि मेडल र प्रमाण पत्र पाए ।

धनगढी क्रिकेट एकेडेमी ९डीसिए०को आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रायोजकमा स्टेपिङ स्टोन इंग्लिस स्कुल रहेको थियो । त्यसबाहेक दीपेन्द्र श्वार मेमोरियल स्ट्रस्ट, मायाँ मेट्रो अस्पताल, गुरुजी सुटिङ सर्टिङ, मालिकार्जुन हार्डवेयर एसपीए कलेज, ब्रेड बक्स क्याफेलगायतले सहयोग गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend