logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हिमालय एअरलाइन्स् (IOSA ) मा दर्ता हुने पहिलो नेपाली वायु सेवा


  • जन आकाश
  • मंगलबार, पुष २४ २०८०

काठमाडौं । नेपालको एक अग्रणी अन्तर्राष्ट्रिय वायु सेवा, हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मा IOSA मा दर्ता भएको वायु सेवा बनेर नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहल कदमी गरेको छ ।



२८ डिसेम्बर २०२३ माइन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरीे प्राप्त IOSA रमाणीकरण एक कोसेढुङ्गाको रुपमा हिमालय एअरलाइन्स्ले उपलब्धि हासिल गरेको छ ।

“हिमालय एअरलाइन्स् प्रा.लि IOSA कार्यक्रम म्यानुअलको प्रावधान अनुसार (IATA) अपरेशनल सेफ्टी अडिट प्रोग्राम (IOSA) अन्तर्गत(IOSA) अपरेटरको रूपमा सफलता पूर्वक दर्ता भएको छ।” उक्त प्रमाणपत्रमा लेखिएको छ । हिमालय एअरलाइन्स्का लागि (IOSA) प्रमाणीकरणले हिमालय एअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गर्दछ ।

नेपालको पहिलो र एकमात्र (IOSA) प्रमाणित वायुसेवाको रूपमा हिमालय एअरलाइन्स्ले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । (IOSA) को यस कठीन परीक्षण प्रक्रियाले वायु सेवा सञ्चालनका विभिन्न पक्षहरूको मुल्याङ्कन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्य सम्पादन सुधार भएको छ ।

सञ्चार माध्यमलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले आफ्नो उत्साह व्यक्त गर्दै भने, “यो कोसेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्छ । हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्दर्छौं ।

यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन,हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायु सेवाको रूपमा समेत स्थान दिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend