logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

फिल्म “एक्टर” मा प्रदीप र आनाको जोडी


  • जन आकाश
  • बिहिबार, पुष २६ २०८०

काठमाडौं । राजन भुषालले निर्देशन गर्न लागेको फिल्म “एक्टर” मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन् ।



बुधबार निर्माण टिम र आनाबीच फिल्मका लागि कागजी सम्झौता भएको हो । यसअघि फिल्ममा अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेका छन् । आना र प्रदीप पहिलो पटक एकसाथ काम गर्दैछन् । फिल्म एक्टरु लाई लिएर आफू निकै उत्साहित रहेको अभिनेत्री आनाले बताइन् ।

थमनकुमार भण्डारीको लगानी रहने फिल्ममा रित बोहरा सहायक निर्देशकको रूपमा रहेका छन् । अदृत फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको सह-निर्मातामा एनिस भुषाल छन् । यो फिल्मको छायांकन केही महिनामा नै सुरू हुनेछ । फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend