logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एसीसी वुमन्स प्रिमियर कप मलेसियामा हुने


  • जन आकाश
  • शुक्रबार, पुष २७ २०८०

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने भएको छ ।



एसियाली क्रिकेट काउन्सिल (एसीसी) बिहीबार वर्ष २०२४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै महिला वुमन्स कपको मिति तय गरेको हो । टी २० फर्म्याटमा हुने प्रतियोगितामा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, थाइल्याण्ड, युएई, हङकङ, चीन, म्यानमार, इन्डोनेसिया, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्सले खेल्नेछन् । यस प्रतियोगिताको शीर्ष दुई टोलीले महिला एसिया कप टी २० क्रिकेट खेल्न पाउनेछ ।

एसीसीले सार्वजनिक गरेको क्यालेन्डर अनुसार महिला एसिया कप जुलाईमा हुनेछ । जसमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित प्रिमियर कपका शीर्ष दुई टोली गरी कूल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालको महिला टोलीले पछिल्लो पटक गत सेप्टेम्बरमा मलेसियामै भएको आईसीसी वुमन्स टी २० विश्वकप एसिया रिजन क्वालिफायर खेलेको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend