logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज गोदावरीमा


  • जन आकाश
  • शुक्रबार, पुष २७ २०८०

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ५ ले शुक्रबार विजेता प्राप्त गर्दैछ । बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य फिनालेको आयोजना गरिएको छ ।



चारजना कोचको समूहका चार फाइनलिस्ट उपाधिको लागि भिड्दैछन् । जसमा कोच मिलन नेवारको समूहबाट विनोद राई, कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको समूहबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको समूहबाट कुमार प्रयास राईले फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।

यीमध्ये बढी भोट प्राप्त गर्ने एकजना विजेता चुनिनेछन् । दर्शकले आजको पर्फमेन्सको अन्तिमसम्म खल्ती एपमार्फत भोट गर्न सक्नेछन् । आजको फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend