logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

अवकाशप्राप्त निवृत्त शिक्षक तथा पुर्व प्रधानाध्यापकहरुको लागि फेरि भेटौला कार्यक्रम-२०८० सम्पन्न-


  • जन आकाश
  • शुक्रबार, पुष २७ २०८०

लमजुङ ।बबिगत लामो समय देखि बिद्यालयमा सेवारत शिक्षक तथा पुर्व प्रधानाध्यापक हरु बिच बिद्यालय प्रशासन शिक्षक ,बिद्यालय र बिद्यार्थी बिद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ जनप्रतिनिधि अभिभावक र बिद्यार्थी बिच आत्मियता कायम रहिरहोस भन्ने उद्देश्य का साथ मिति २०८० पौष २५ गते बुधबार मध्यनेपाल न.पा. -३ सुर्यपाल,लमजुङ मा अवस्थित श्री राम वालोदय आधारभूत बिद्यालय मा निवृत्त पुर्व शिक्षक तथा प्रधानाध्यापकहरु द्वेय तिर्थराज न्यौपाने र परशुराम न्यौपानेको लागि फेरि भेटौला कार्यक्रम -२०८० शिक्षक रामकुमार श्रेष्ठ को सञ्चालनमा सम्पन्न भएको छ ।



कार्यक्रम बिद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्र बहादुर बस्नेत को अध्यक्षता र सभापतित्वमा सम्पन्न भएको थियोे ।
बिद्यालय का स.प्र.अ.मनमाया साखी को स्वागत मन्तव्य , बिद्यालय का प्रधानाध्यापक बाबुराम साँखी को बिषय प्रवेश ,पुर्व शिक्षक तथा प्र अ परशुराम न्यौपाने को बिगत र बर्तमान ,पुर्व शिक्षक तथम प्र अ तिर्थराज न्यौपाने को अनुभव र अनुभुती सगै कार्यक्रम अगाडि बढेको थियोे ।

कार्यक्रममा द्वेय शिक्षकहरुलाई सम्मान गर्ने क्रममा प्र अ बाबुराम साँखी ले दोसल्ला ओढाएर ,बि व्य स अध्यक्ष नेत्रबहादुर बस्नेत ले कदरपत्र तथा वडाध्यक्ष केशव न्यौपानेले मायाको चिनो तथा बिद्यार्थी छात्र दिपेश नेपाली कक्षा ८ र बिद्यार्थी छात्रा अञ्जना नेपाली कक्षा ८ ले ढाका टोपी लगाईदिएर सम्मान गरिएको थियोे ।

यसै क्रममा उपस्थित सम्पुर्ण अतिथि तथा शिक्षा प्रेमि समाजसेवी , शिक्षक र अभिभावक बिद्यार्थी सबैले अबिर तथा फुलमाला लगाईदिएर उहाहरुको सम्मान गरिएको थियो । फेरि भेटौला कार्यक्रममा शिक्षक द्वेयले बिद्यालय र शैक्षिकस्तर अभिवृद्धि का लागि खेलेको महत्त्वपूर्ण भुमिका र बिषयमा आ आफ्नो बिचार प्रस्तुत गरिएको थियो ।

यसै सिलसिलामा शिक्षिका सपना नेपाली ,त्यसै गरि कक्षा ८ कि छात्रा अञ्जना नेपाली , कक्षा ८ कि छात्रा कुसम खाती ,कक्षा ८ कि छात्रा अस्मिता परियार कक्षा ६ कि छात्रा रश्मि श्रेष्ठ ले आआफ्नो नृत्य तथा प्रस्तुती प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा मध्यनेपाल नगरपालिका ३ नं वडा कार्यालय सुर्यपाल का वडाध्यक्ष केशव न्यौपाने ,बिद्यालय व्यवस्थापन समिति का अध्यक्ष नेत्र बहादुर बस्नेत ,जनप्रतिनिधि चित्र बहादुर थापा,नारायण दत्त साखी,सवला दुलाल,बि व्य स सदस्य हरु बाबुराम बस्नेत,अस्मिता न्यौपाने ,सुमित्रा श्रेष्ठ,शि अ संघ अध्यक्ष गंगा थापा , पुर्व शि अ संघ अध्यक्ष कुल प्रसाद न्यौपाने ,पुर्व बि व्य स सदस्यहरु मोहन बहादुर थापा,लोकबहादुर थापा ,३ नं वडा कार्यालय सचिव सन्तोष बगाले,पुर्व शिक्षक समाजसेवी शिक्षप्रेमि बिश्वनाथ अधिकारी लगायत अन्य अभिभावक हरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा वक्ताहरुले बिद्यार्थीको शैक्षिक अवस्थाको वर्तमान स्थिति, बिद्यालय ले चाल्न सक्ने आगामी कदम, बिद्यालय को शैक्षिक अवस्था सुधार का निम्ति गर्नसकिने र गर्नुपर्ने पहल बारे बताउनु भएको थियो ।

र यस्ता कार्यक्रम हरुले बिद्यालय बिद्यार्थी शिक्षक ,अभिभावक बिचको सिर्जनात्मकता आत्मियता मा थप हौसला प्रदान हुने बिस्वास तथा सिर्जनात्मक कार्यक्रम हरु ले निरन्तता पाउने अपेक्षा बिद्यालय परिवार गर्दछ।कार्यक्रम बिद्यालयका शिक्षक शिक्षक रामकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको थियो भने समापन बि व्य स अध्यक्ष तथा सभापति नेत्रबहादुर बस्नेत ले शैक्षिक गुणस्तर सुधारका लगि सबै आफ्नो ठाउबाट लागिपर्नु पर्ने कुरामा जोड दिदै कार्यक्रम लाई समापन गर्नु भएको थियो।

कार्यक्रममा बिद्यालय को शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बिद्यालय प्रशासन शिक्षक स्टाफले विभिन्न कदमहरु चाल्दै आईरहेको सन्दर्भमा बिहानी कक्षा निरन्तर रुपमा सञ्चालन हुँदै आईरेहेको र अन्य थप कदमहरु पनि चाल्न तयार रहेको कुराको जानकारी बिद्यालय का प्र अ बाबुराम साखी ले गर्नुभएको थियोे ।फेरि भेटौला कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा पुर्व शिक्षक तथा प्र अ परशुराम न्याौपाने ले बिद्यालय मा क्रियाशील रामवालोदय बाल क्लव का अध्यक्ष कुसुम खाती र ने जु रे स रामवालोदय का अध्यक्ष दिपेश नेपाली लाई कोषमा रहने गरि १०००/१००० रुपैया प्रदान गर्नु बा साथै बिद्यालयको लागि चन्दा रू ५्००० पुराउने प्रतिवद्दता समेत दिनु भएको थियोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend