जन आकाश
देशमा राष्ट्रियसभा सदस्यको लागि यतिवेला राजनीतिक पार्टीहरुले बिभिन्न जोड घटाउ गरेर अभिव्याक्ति दिन थालेकाछन् । एकातिर भने अर्कोतर्फ विदेशी शक्तिहरुको पक्षपोषण गर्ने व्याक्तिहरुको लविङगमा समेत केही मानिसहरु लागिरहेको भन्ने समाचारहरु प्रकाशित हुन थालेकाछन् ।
विदेशी लविङको पक्षमा काम गर्ने व्याक्तिहरुलाई राष्ट्रियसभा मार्फत सदनमा ल्याउन खोज्नु भनेको सर्वभौम सत्ता सम्पन्न राष्ट्रको लागि निक्कै डरलाग्दो बिषय हो । यस्तो काम कोही कसैवाट गरिनु हुदैन ।
सत्ता आउछ जान्छ त्यसले केही फरक पर्दैन । तर प्रतिष्ठा र राष्ट्रको सर्वभौमिकता स्वतन्त्रतामा लागेको दाग भने जहिले पनि आउदा पुस्ताले कहिल्यै मेटाउन नसक्ने गरी खाटा बस्न सक्छ, त्यसकारण नेपालको संविधान २०७२ सालको ऐन नियमले दिएको स्वतन्त्रता लागु हुनुपर्छ । राष्ट्रियसभाको निर्वाचनमा हुइप, गठबन्धन, पार्टी, वाद, तन्त्र भन्दा माथि उठेर स्वतन्त्र राष्ट्रका स्वभिमानी स्वनिर्णय गर्न राष्ट्रियसभामा निर्वाचित मताधिकार सदस्यहरुले आफ्नो स्वविवेक प्रयोग गर्न सक्नुपर्छ ।
देशको पक्षमा महत्वपूर्ण क्षणमा महत्वपूर्ण निर्णय गर्न सक्ने क्षमता राख्ने जनप्रतिनिधिहरुले मात्र देशको हित गर्न सक्छन् । त्यो अधिकार अहिलेका राष्ट्रियसभा सदस्यको लागि मतधिकार प्रयोग गर्न सक्ने प्रदेशसभाका सभासद सदस्यहरुलाई छ ।
यस्तो महत्वपूर्ण निर्णय जनतावाट निर्वाचित भएर आएका जनताको पक्षमा काम गर्छु भनेर जनतालाई प्रतिवद्धता गरेका जनप्रतिनिधिहरुले आफ्नो राष्ट्र, जनतालाई पहिलो प्रथामिकतामा राखेर निर्णय गर्न सक्नुर्छ ।
सही समयमा सही निर्णय गर्नसक्ने क्षमता भएको जनप्रतिनिधिहरु मात्रै सफल नेतृत्व हुन्छ । नेपालमा संघियता लागु भएपछि सफल नेतृत्व स्थापित गर्न यस्ता महत्वपूर्ण क्षणमा महत्वपूर्ण निर्णय विशेष विशेष अवस्थामा गर्न सक्ने क्षमता जनप्रतिधिहरुमा हुनुपर्छ ।
त्यस्तो उदारणीय कामहरु जनप्रतिनिधिहरुले गरेको नेपाली जनताले देख्न त पाएका छैनन् । तर यो राष्ट्रिय सभा सदस्यको लागि हुने निर्वाचनमा त्यस्तो महत्वपूर्ण निर्णय जनप्रतिनिधि भई राष्ट्रिय सभाको लागि मताधिकाकारको अधिकार प्राप्त सदस्यहरुले गर्लान् भन्ने जनताको आशा रहेको छ । त्यो जनताको चाहना, आशालाई जनतावाट नै निर्वाचित भएर महत्वपूर्ण पदीय हैशियतमा पुगेका जनप्रतिनिधिहरुले आउदो माघ ८ हुने निर्वाचनमा कसरी मतदान गर्छन त्यो हेर्न बाकी छ ।
उनिहरुले देशको हितमा हुने तर विदेशी शक्तिको पक्षमा लविङ भएका व्याक्तिहरुलाई राष्ट्रिय सभामा अस्वीकार गर्ने आशा गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend