logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रधानमन्त्री कप क्रिकेटमा आज ३ खेल हुँदै


  • जन आकाश
  • मंगलबार, माघ २ २०८०

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् ।



आजको पहिलो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच ९ बजेदेखि सुरु हुँदैछ ।

बाँकी दुई खेल भने काठमाडौंमै हुनेछन् । कीर्तिपुरको मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल सुरु हुनेछ भने मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेश प्रदेशबीच खेल हुँदैछ । दुबै खेल सवा ९ बजेदेखि सुरु हुनेछन् ।

हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपीएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपीएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ । यस्तै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपश्चिम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेश प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् ।

दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend